काठमाडौं । यो अन्तिम भाग हो, नेपालविरुद्ध भारतबीच भएका इतिहास पस्कने प्रयासको ।
यी दुई देशबीच भएका २० खेलमध्ये हामीले यसअघिका प्रस्तुतीमा १८ प्रतिस्पर्धाको चर्चा गरिसकेका छौं, अब पालो अन्तिम दुई खेलको ।
यी दुई खेलमध्ये दुवैमा नेपाल पराजित रहेको छ । त्यस अर्थमा नेपालले भारतलाई हराउन नसकेको आठ वर्ष भएको छ । नेपाली फुटबल प्रेमी पक्कै पनि नेपालको अर्को जितको प्रतीक्षामा हुनेछन् ।
अहिलेका लागि दुई छिमेकी देशबीच भएका पछिल्ला दुई खेलबारे चर्चा गर्नेछौं ।
१९. २०१५ डिसेम्बर २७, त्रिवेन्द्ररम
साफ च्याम्पियनसिपको त्यस संस्करणमा नेपालको समूहमा खालि तीन टिम मात्र थिए, नेपालसँगै भारत र श्रीलंका ।
नेपालको पहिलो खेल श्रीलंकाविरुद्ध थियो र त्यसमा पराजित भयो । त्यस्तोमा नेपालसामु भारतमाथिको लिग चरणको दोस्रो खेलमा जित निकाल्न अनिवार्य थियो ।
प्रशिक्षक प्याट्रिक ओसेम्सले आक्रमक रणनीति अपानाए । यस्तोमा सुरुमै नेपालले गोल निकाल्न पनि सफल रह्यो, विमल घर्तिमगरको सहयोगले ।
तर त्यसपछि भने खेलमाथि नेपालको पकड गुम्यो र भारत ४–१ ले विजयी रह्यो ।
२०. २०१७ जुन ७, मुम्बई
संयोग नै मान्नु पर्छ, नेपाल र भारतबीचको अन्तिम खेल पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतिस्पर्धा नै रहेको छ र यो भएको थियो, मुम्बईमा ।
भारतले फेरि एकपल्ट नेपाललाई आफ्नो भूमिमा खेल्ने निम्तो दिएको थियो र त्यसमा आफूलाई चाहिएको जित निकाल्न सफल पनि रह्यो ।
नेपालले यस खेलमा राम्रै चुनौती पेस गर्ने प्रयास गरेको थियो, जापानी प्रशिक्षक ग्योतुकु कोजीको नेतृत्वमा । तर यस खेलमा पनि भारत २–० ले विजयी रह्यो ।
र, यो पनि .......
नेपालविरुद्ध भारत : इतिहासमा के छ ? (भाग १)
नेपालविरुद्ध भारत : इतिहासमा के छ ? (भाग २)
नेपालविरुद्ध भारत : इतिहासमा के छ ? (भाग ३)
नेपालविरुद्ध भारत : इतिहासले के भन्छ ? (भाग ४)
नेपालविरुद्ध भारत : इतिहासले के भन्छ ? (भाग ५)
नेपालविरुद्ध भारत : इतिहासले के भन्छ ? (भाग ६)