अन्भीलाई स्वर्ण
शनिबार, २३ श्रावण २०८३खेलपाटी संवाददाता
-1786196245905.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालकी अन्भी शाहीले दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेकी छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा अन्भीले गल्र्स १०–११ वर्षको एकल कातामा स्वर्ण जितेको प्रतियोगिताका रेफ्री संयोजक रवि शाहीले जनाएका छन् ।
नेपाल गोजुरियो कराते डो संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा भारतकी चेरिसा स्याम्सुखा दोस्रो तथा नेपालका राधिका धामी र एन्जल घर्ती मगर तेस्रो भए ।










-1786188782049.jpeg&w=3840&q=75)




