शुक्रबार, २२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

दक्षिण कोरियाले रेफ्रीलाई यौन सेवा दिएको खुलासा

शुक्रबार, २२ श्रावण २०८३खेलपाटी संवाददाता
दक्षिण कोरियाले रेफ्रीलाई यौन सेवा दिएको खुलासा
Loading ad...
mustang rice ad

काठमाडौं। दक्षिण कोरिया फुटबल संघ (केएफए) गम्भीर विवादमा तानिएको छ। सन् २०११ र २०१२ मा विदेशी रेफ्रीहरूलाई यौन सेवा उपलब्ध गराई खेलको निर्णय आफ्नो पक्षमा पार्ने प्रयास गरेको आरोप सार्वजनिक भएको हो।

दक्षिण कोरियाली टेलिभिजन संस्था जेटीबीसीले सार्वजनिक गरेको सन् २०१६ को गोप्य सरकारी छानबिन प्रतिवेदनका अनुसार केएफएका केही अधिकारीहरूले विदेशी रेफ्रीलाई खुसी पारेर खेलमा अनुकूल निर्णय गराउने उद्देश्यले यस्तो कार्य गरेका थिए।

ती खेलमा जापान, संयुक्त अरब इमिरेट्स (यूएई), इरान, बहराइन र उज्बेकिस्तानका रेफ्रीहरूले जिम्मेवारी सम्हालेका थिए। यसअघि नै केएफए राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्ति प्रक्रियामा अनियमितता र आफन्तवादको आरोपका कारण प्रहरीको अनुसन्धानमा छ। यही अनुसन्धानअन्तर्गत प्रहरीले बिहीबार संघको मुख्य कार्यालयमा खानतलासीसमेत गरेको थियो।

जेटीबीसीको समाचारबारे प्रतिक्रिया दिँदै केएफएका एक अधिकारीले भने,‘१५ वर्षअघि केही अनुचित घटना भएका हुन सक्छन्। तर‚ अहिले हामी कडा नैतिक मापदण्ड पालना गर्छौं।’संघले पाँच वर्षसम्म मात्र अभिलेख सुरक्षित राख्ने भएकाले ती घटनाबारे पुष्टि गर्न नसकिने पनि उनले बताए।

सरकारी प्रतिवेदनअनुसार मार्च २०११ देखि मार्च २०१२ सम्म सात पटक विदेशी रेफ्रीहरूको आतिथ्यका नाममा खर्च गरिएको थियो। यसमा २० जना खेल अधिकारी संलग्न थिए। सुरुमा यो छानबिन खर्च दुरुपयोग भए–नभएको पत्ता लगाउन गरिएको थियो। तर‚ अनुसन्धानका क्रममा विदेशी रेफ्रीहरूका लागि गरिएको खर्च भेटिएपछि थप कारबाही नगरी मुद्दा बन्द गरिएको बताइएको छ।

ती घटनामध्ये एउटा सन् २०१४ विश्वकप छनोट प्रतियोगिताको खेलअघि भएको थियो। २९ फेब्रुअरी २०१२ मा दक्षिण कोरियाले कुवेतलाई २–० ले हराउनुअघि सियोलको गाङ्नाम क्षेत्रमा रहेको मसाज सेन्टर दुई जना रेफ्रीका लागि पाँच लाख वान खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ। सरकारी छानबिनले उक्त रकममा यौन सेवाको शुल्क पनि खर्च गरेको निष्कर्ष निकालेको थियो।

संघको रेफ्री विभागका श्री बी भनेर चिनिएका एक व्यक्तिले उक्त भुक्तानी आफूले नै मिलाएको बताएका छन्। उनका अनुसार विदेशी रेफ्रीहरूले नै यस्तो सेवा माग गरेका थिए। ‘लामो हवाई यात्रा गरेर आएका रेफ्रीहरूले आफूलाई सहज महसुस नभएको गुनासो गर्थे। त्यसपछि उनीहरूलाई खुसी पार्ने प्रयास गरिन्थ्यो। हाम्रो अपेक्षा उनीहरूले खेलमा हाम्रो पक्षमा निर्णय गरून् भन्ने थियो,’ उनले भनेका छन्।

यद्यपि‚ यौन सेवा लिएको भनिएका रेफ्रीहरूको नाम सार्वजनिक गरिएको छैन। अर्का एक पूर्व कर्मचारीले नाम नखुलाउने सर्तमा विदेशी रेफ्रीहरू खेलअघि धेरै दिन अगावै आउने भएकाले उनीहरूलाई घुमाउने, किनमेल गराउने र अन्य सुविधा उपलब्ध गराउने चलन रहेको बताए।

उनका अनुसार यो घटना धेरै पुरानो हो। त्यसबेला मुद्दा नचलाउने निर्णय भइसकेको अवस्थामा अहिले मात्र सार्वजनिक गरिएकोमा आश्चर्य लागेको उनले बताए। प्रतिवेदनमा सन् २०११ र २०१२ का अन्य दुई घटनामा पनि मसाज केन्द्रमार्फत चार जना रेफ्री र एक जना रेफ्री सुपरभाइजरलाई यौन सेवा उपलब्ध गराइएको निष्कर्ष निकालिएको उल्लेख छ।

फुटबल आचारसंहिताका जानकारहरूका अनुसार खेलका रेफ्रीलाई कुनै पनि प्रकारले प्रभावित पार्ने प्रयास अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को नियमको गम्भीर उल्लङ्घन हो। खेल मिलेमतो र भ्रष्टाचारलाई फुटबलका सबैभन्दा गम्भीर कार्यमध्ये एक मानिन्छ।

फुटबल विश्लेषक पार्क मुन–सोङले यो प्रकरणले अन्तर्राष्ट्रिय स्तरमा ठूलो विवाद निम्त्याउन सक्ने बताएका छन्। ‘रेफ्रीलाई प्रभावित पार्ने प्रयास अत्यन्त गम्भीर अपराध हो र यसले दक्षिण कोरियाली फुटबलको अन्तर्राष्ट्रिय प्रतिष्ठामा नकारात्मक असर पार्न सक्छ,’ उनले भनेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्राजिलसँग सबै शक्ति लगाउन चाहन्छ भारत

ब्राजिलसँग सबै शक्ति लगाउन चाहन्छ भारत

अडिक यूईएफए

अडिक यूईएफए

रोड्रीको रोजाइमा परेन रियल

रोड्रीको रोजाइमा परेन रियल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दक्षिण कोरियाले रेफ्रीलाई यौन सेवा दिएको खुलासा

दक्षिण कोरियाले रेफ्रीलाई यौन सेवा दिएको खुलासा

पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण

पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण

ब्राजिलसँग सबै शक्ति लगाउन चाहन्छ भारत

ब्राजिलसँग सबै शक्ति लगाउन चाहन्छ भारत

एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई एकै ठाउँमा बस्ने व्यवस्था

एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई एकै ठाउँमा बस्ने व्यवस्था

अडिक यूईएफए

अडिक यूईएफए

रोड्रीको रोजाइमा परेन रियल

रोड्रीको रोजाइमा परेन रियल

रियलमै बस्ने भए भिनिसियस

रियलमै बस्ने भए भिनिसियस

बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल