बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बड’लेन्डको जितमा एरोनको गोल

बिहिबार, २१ श्रावण २०८३खेलपाटी संवाददाता
बड’लेन्डको जितमा एरोनको गोल
Loading ad...
mustang rice ad

काठमाडौं। एरोन थापाको गोलसँगै बड’लेन्ड एफसीले १३५औं डुरान्ड कपमा पहिलो जित हात पारेको छ।

गुवाहाटीस्थित इन्दिरा गान्धी एथलेटिक स्टेडियममा बिहीबार सम्पन्न समूह ‘एफ’ को खेलमा बड’लेन्डले एफसी आईलाई ३–० ले पराजित गर्दै प्रतियोगितामा सशक्त पुनरागमन गरेको हो।

पहिलो खेलमा नर्थइस्ट युनाइटेडसँग पराजित भएको बड’लेन्डले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अंक हात पार्‍यो। टोलीको जितमा रोबिन्सन रेन्डोन, रितुराज मोहन र एरोनले गोल गरे।

रेन्डोनले ५७औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। यसअघि उनले समान अवसर खेर फालेका थिए। तर, नार्जारीको उत्कृष्ट क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई राहत दिलाए।

खेलको दोस्रो हाफमा प्रशिक्षक विकाश पन्थीले गरेका रणनीतिक परिवर्तन पनि निर्णायक बने। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रितुराज र एरोनले क्रमशः ७८औं र ८२औं मिनेटमा गोल गर्दै बड’लेन्डको जितलाई फराकिलो बनाए।

नार्जारीको फ्रिकिक डिफेन्डरको पर्खालमा लागेर फर्किएको बललाई सदुपयोग गर्दै रितुराजले गोल गरे। त्यसको चार मिनेटपछि एरोनले डिफेन्डरलाई छल्दै पेनाल्टी क्षेत्रभित्र प्रवेश गरेर आकर्षक फिनिसिङसहित तेस्रो गोल थपे।

यस जितसँगै समूह ‘एफ’को प्रतिस्पर्धा थप रोचक बनेको छ। बड’लेन्डले दुई खेलबाट तीन अंक जोडेको छ। पहिलो खेलको ठूलो हारका कारण गोलअन्तर अझै ऋणात्मक भए पनि टोली पुनः उपाधि होडमा फर्किएको छ।

एफसी आई पनि दुई खेलबाट तीन अंकसहित गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। नर्थइस्ट युनाइटेड अपराजित रहँदै समूहको शीर्ष स्थानमा छ भने कार्बी आङलोङ मोर्निङ स्टार एफसीले अझै अंकको खाता खोल्न सकेको छैन।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी