नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने
बिहिबार, २१ श्रावण २०८३खेलपाटी संवाददाता
-1786005627596.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२६ मा तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
सार्वजनिक कार्यतालिकाअनुसार नेपालले २१ देखि २९ अगस्टसम्म अस्ट्रेलियामा हुने टप एन्ड टी–२० प्रतियोगितामा बंगलादेश हाई–परफर्मेन्स टोलीसँग खेल्नेछ। यी दुईबीचको खेल २२ अगस्टमा हुनेछ।
यस्तै, सेप्टेम्बर ६ मा नेपालले न्युजिल्यान्ड ‘ए’ टोलीविरुद्ध ५० ओभरको शृंखला खेल्नेछ भने डिसेम्बरमा भारत ‘ए’ टोलीसँग द्विपक्षीय शृंखलामा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
बंगलादेश, न्युजिल्यान्ड र भारतजस्ता तीन टेस्ट राष्ट्रका टोलीसँग हुने यी खेलले नेपाली टोलीलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय अनुभव दिलाउनुका साथै आगामी प्रमुख प्रतियोगिताको तयारीका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।













