बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फिफाले स्वीकार्यो त्रुटी

बिहिबार, २१ श्रावण २०८३खेलपाटी संवाददाता
फिफाले स्वीकार्यो त्रुटी
Loading ad...
mustang rice ad

काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपमा निजी लगानी भित्र्याउने विवादास्पद योजना फिर्ता लिएपछि त्यस प्रक्रियामा भएका त्रुटीप्रति औपचारिक रूपमा माफी मागेको छ।

यद्यपि, अध्यक्ष जियानी इन्फान्टिनोले भने वरिष्ठ नेतृत्वको पूर्ण समर्थन पाएका छन्। मोरक्कोको राजधानी रबाटमा बुधबार बसेको आपत्कालीन बैठकपछि फिफाले जारी गरेको विज्ञप्तिमा महासचिव र व्यवस्थापन बोर्डका सदस्यहरूले २११ सदस्य राष्ट्रबाट निर्वाचित एकमात्र अध्यक्षका रूपमा इन्फान्टिनोप्रति पूर्ण विश्वास रहेको दोहोर्‍याएका छन्।

फिफाले विश्वकप र क्लब विश्वकपजस्ता प्रतियोगिताको व्यावसायिक व्यवस्थापन गर्न फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) नामक नयाँ कम्पनी स्थापना गरी त्यसमा निजी लगानी भित्र्याउने प्रस्ताव अघि सारेको थियो।

फिफाका अनुसार उक्त कम्पनीको मूल्य करिब २० अर्ब अमेरिकी डलर आँकिएको थियो। यसमार्फत ४ अर्ब २० करोड अमेरिकी डलरसम्म लगानी जुटाउन सकिने अनुमान गरिएको थियो।

योजना स्वीकृत भएको भए सन् २०२७ को सुरुमै फिफाका २११ सदस्य राष्ट्रका फुटबल संघले एकपटकका लागि दुई करोड अमेरिकी डलर प्राप्त गर्ने थिए। साथै, सन् २०२७ देखि २०३० सम्मको विकास बजेट पनि ८० लाख डलरबाट दुई करोड डलरमा बढाइने प्रस्ताव गरिएको थियो।

तर‚ योजना सार्वजनिक भएपछि विश्व फुटबलमा तीव्र विरोध भयो। विशेषगरी युरोपेली फुटबल महासंघ (यूईएफए)ले विश्वकप बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनोले गत शनिबार उक्त प्रस्ताव फिर्ता लिएका थिए।

त्यतिबेला इन्फान्टिनोले भनेका थिए,‘हाम्रो उद्देश्य सधैं फुटबललाई एकताबद्ध र अझ राम्रो बनाउने नै हो।’

फिफाले स्वीकार्यो त्रुटी

बुधबारको बैठकपछि फिफाले प्रस्ताव तयार पार्ने र सञ्चारमाध्यममा जानकारी चुहिएपछि त्यसलाई व्यवस्थापन गर्ने क्रममा त्रुटी भएको स्वीकार गरेको छ।

विज्ञप्तिमा भनिएको छ,‘सदस्य राष्ट्र र फिफा परिषद्लाई प्रक्रियाबाट अलग गरिएको महसुस हुने हाम्रो उद्देश्य थिएन। यो प्रक्रिया फरक ढंगले सञ्चालन हुनुपर्थ्यो। सञ्चारमाध्यममा प्रस्ताव सार्वजनिक भएपछि पनि केही गल्ती भएका थिए।’

फिफाले परिषद् र २११ सदस्य राष्ट्रहरूलाई छुट्टै पत्र पठाएर ती त्रुटीप्रति माफी मागेको तथा भविष्यमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जनाएको छ। साथै, सम्पूर्ण घटनाबारे समीक्षा गरी आगामी फिफा परिषद् बैठकमा प्रतिवेदन पेश गरिने पनि फिफाले जनाएको छ।

बढ्दो दबाब

विवादका कारण इन्फान्टिनोमाथि आफ्नै संगठनभित्रबाट समेत दबाब बढेको छ। फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले योजनाको आलोचना गरेको आन्तरिक इमेल सार्वजनिक भएपछि नेतृत्वमाथिको प्रश्न झनै गहिरिएको थियो।

यूईएफएले विश्वकपलाई निजीकरण गर्ने प्रस्तावलाई अपारदर्शी र बन्द कोठामा तयार पारिएको सम्झौता भन्दै कडा आलोचना गरेको थियो। यूईएफएले फिफाको वर्तमान नेतृत्वप्रति आफ्नो विश्वास गुमाएको बताएको छ भने उत्तर तथा मध्य अमेरिका तथा क्यारेबियन फुटबल महासंघ (कन्काकाफ)ले इन्फान्टिनोको नेतृत्व र सुशासनमाथि गम्भीर प्रश्न उठाउँदै व्यापक समीक्षा आवश्यक रहेको जनाएको छ।

यता, सन् २०२६ को विश्वकप सह–आयोजक राष्ट्र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि इन्फान्टिनोप्रति आफूलाई अब विश्वास नरहेको बताएका छन्। यद्यपि, सन् २०३० को विश्वकप सह–आयोजक मोरक्कोका फुटबल महासंघ अध्यक्ष फाउजी लेक्जाले भने इन्फान्टिनोको समर्थन गर्दै योजना फिर्ता लिने निर्णयलाई बुद्धिमत्तापूर्ण कदमको संज्ञा दिएका छन्।

इन्फान्टिनो आगामी मार्चमा हुने निर्वाचनबाट चौथो तथा अन्तिम कार्यकालका लागि पुनः अध्यक्ष बन्ने तयारीमा छन्। हालसम्म उनको विरुद्धमा कुनै आधिकारिक उम्मेदवार घोषणा भएको छैन।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी

टर्की पुगे सलाह

टर्की पुगे सलाह

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो