बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

टर्की पुगे सलाह

बुधबार, २० श्रावण २०८३खेलपाटी संवाददाता
टर्की पुगे सलाह
Loading ad...
mustang rice ad

काठमाडौं। इजिप्टका स्टार फरवार्ड मोहम्मद सलाह ट्राब्जोनस्पोरसँग सम्झौताको तयारीका लागि बुधबार टर्की पुगेका छन्। इस्तानबुलको अतातुर्क विमानस्थलमा उनी ट्राब्जोनस्पोरको बर्गन्डी र निलो जर्सी लगाएर मुस्कुराउँदै उत्रिएका थिए। उनलाई सयौं समर्थकले उनको स्वागत गरेका थिए।

ट्राब्जोनस्पोरले एक दिनअघि मात्रै सलाहसँग सम्झौता गर्न वार्ता भइरहेको पुष्टि गरेको थियो। क्लबका अध्यक्ष एर्तुग्रुल डोगानका अनुसार ३४ वर्षीय सलाहसँग बिहीबार कालो सागर किनारको ट्राब्जोन सहरमा विशेष कार्यक्रममा निःशुल्क (फ्री ट्रान्सफर) सम्झौता गरिने अपेक्षा गरिएको छ।

क्लबले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको भिडियोमा सलाहले भनेका छन्,‘ट्राब्जोन, के तपाईहरू तयार हुनुहुन्छ? तपाईहरूको आवाज म सुन्दै छु। म चाँडै भेट्छु।’ उनले ट्राब्जोनस्पोरको जर्सी लगाउँदै क्लबको नारालाई उल्लेख गर्दै,हाम्रो लागि जहाँ पनि ट्राब्जोन नै हो पनि भनेका छन्।

इस्तानबुल विमानस्थलमा पुगेपछि समर्थकहरूको ठूलो भीडले उनलाई स्वागत गरेको थियो। सलाहले समर्थकहरूलाई अभिवादन गर्नुका साथै उनीहरूसँग क्लबको परम्परागत नारा पनि लगाए। त्यसपछि उनी स्वास्थ्य परीक्षणका लागि गएका थिए भने त्यसपछि ट्राब्जोनतर्फ प्रस्थान गर्ने कार्यक्रम तय गरिएको थियो।

सलाहले यसै समरमा नौ वर्षको बसाइपछि लिभरपुल छाडेका हुन्। उनले लिभरपुलका लागि ४४२ खेलमा २५७ गोल गरेका थिए। यस अवधिमा उनले दुई पटक इंग्लिस प्रिमियर लिग र एक पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

सन् २०२४–२५ को सिजनमा सलाहले प्रिमियर लिगमा २९ गोल गर्दै १८ असिस्ट दिएका थिए। उनले एकै सिजनमा सबैभन्दा धेरै गोल योगदान (गोल र असिस्ट) गर्ने लिगको कीर्तिमान बराबरी गरेका थिए भने ३८ खेलको सिजनमा नयाँ कीर्तिमान पनि बनाएका थिए। सोही प्रदर्शनका आधारमा उनी प्रिमियर लिग ‘प्लेयर अफ द सिजन’ घोषित भएका थिए। साथै उनले गोल्डेन बुट र प्लेमेकर अवार्ड पनि जितेका थिए, जुन एकै सिजनमा तीनवटै अवार्ड जित्ने पहिलो खेलाडी बनेका थिए।

तर‚ गत सिजन उनको प्रदर्शन अपेक्षाकृत कमजोर रह्यो। उनले २७ लिग खेलमा सात गोल र सात असिस्ट मात्र गरेका थिए। च्याम्पियन्स लिगका केही खेलमा उनी बेन्चमा बस्नुपरेको थियो, जसका कारण तत्कालीन प्रशिक्षक आर्ने स्लटसँग उनको सार्वजनिक विवादसमेत भएको थियो।

युरोपेली फुटबलमा सलाहले सन् २०१२ मा स्विट्जरल्यान्डको बासेलबाट यात्रा सुरु गरेका थिए। त्यसपछि उनी चेल्सी पुगे। २०१५ देखि २०१७ सम्म उनले फियोरेन्टिना र एएस रोमाबाट पनि खेलेका थिए, त्यसपछि लिभरपुलसँग आबद्ध भएका थिए।

टर्कीका प्रमुख क्लबमध्ये फेनरबाह्चे, गालातासाराय र बेसिक्टासपछि चौथो ठूलो क्लब मानिने ट्राब्जोनस्पोरले गत सिजन सुपर लिगमा तेस्रो स्थान हासिल गरेको थियो। टोलीले आगामी सिजन युरोपा लिगको प्लेअफ चरणबाट प्रतिस्पर्धा सुरु गर्नेछ। क्लबले पछिल्लोपटक सन् २०२१–२२ मा टर्किस सुपर लिगको उपाधि जितेको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार सलाह बेसिक्टासमा आबद्ध हुने नजिक पुगेका थिए। तर‚ आर्थिक सर्त र इमेज राइट्ससम्बन्धी असहमतिका कारण वार्ता सफल हुन सकेन। ट्राब्जोनस्पोरसँग उनले गर्ने सम्झौताको अवधि र आर्थिक विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

 एरिका र दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी

एरिका र दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी