अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

काठमाडौं। जुलियन अल्भारेजलाई अनुबन्ध गर्ने बार्सिलोनाको प्रयास थप जटिल बन्दै गएको छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनी फरवार्डलाई क्याम्प नोउ ल्याउने योजनाप्रति बार्सिलोनाभित्र निराशा बढ्न थालेको छ। एट्लेटिको मड्रिड आफ्ना घरेलु प्रतिद्वन्द्वीलाई खेलाडी बेच्ने पक्षमा छैन।
रिपोर्टका अनुसार अल्भारेज स्वयंले यसै समरमा बार्सिलोनामा सरुवालाई आफ्नो सपनाको गन्तव्य भन्दै क्लबसँग अनुमति मागेका छन्। तर‚ एट्लेटिकोले उनलाई ला लिगाकै अर्को क्लबमा बेच्ने सम्भावना अस्वीकार गर्दै आफ्नो अडान कायम राखेको छ।
बार्सिलोनाले अल्भारेजका लागि करिब ११ करोड ५० लाख अमेरिकी डलरको प्रस्ताव पठाएको बताइएको छ। यद्यपि‚ उक्त प्रस्तावमा एट्लेटिकोले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। यसअघि भने क्लबका अधिकारीहरूले त्यस्तो कुनै प्रस्ताव प्राप्त नभएको दाबी गरेका थिए।
लगातार दुई पटकको ला लिगा च्याम्पियन बार्सिलोना अझै पनि अल्भारेजको दौडमा रहे पनि क्लब अनिश्चितकालसम्म प्रतीक्षा गर्ने पक्षमा छैन। विश्वकप फाइनलपछि अल्भारेजले एट्लेटिकोको अडान परिवर्तन गराउने प्रयास गरेका थिए भन्ने खबर आए पनि त्यसयता परिस्थितिमा कुनै परिवर्तन देखिएको छैन।
अल्भारेजले हालसम्म यस विषयमा सार्वजनिक रूपमा कुनै नयाँ अभिव्यक्ति दिएका छैनन्। उनी अगस्ट १० देखि सुरु हुने एट्लेटिकोको प्रि-सिजन प्रशिक्षणमा सहभागी हुने अपेक्षा गरिएको छ।






-1785901418202.webp&w=3840&q=75)
-1785838174487.png&w=3840&q=75)


-1785859737141.jpeg&w=3840&q=75)

