मंगलबार, १९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

मंगलबार, १९ श्रावण २०८३खेलपाटी संवाददाता
किरण र विक्रम समूहबीच दरार आएकै हो ?
Loading ad...
mustang rice ad

काठमाडौं। फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको ४० दिन बितिसकेको छ। तर, निलम्बन अझै कायम रहेकाले नेपाली फुटबल अन्योलमा छ।

गत २५ जुनमा फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ।

निलम्बन अवधिभर एन्फाका प्रतिनिधि टोली तथा नेपाली क्लबहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने फिफाले स्पष्ट पारेको छ। यसले गर्दा आगामी नोभेम्बर ४ देखि बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनसिपमा नेपालको सहभागिता लगभग असम्भव देखिएको छ।

यही परिस्थितिपछि राष्ट्रिय टोलीका खेलाडीहरूले निलम्बन फुकुवा गर्न फिफा, एएफसी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल सरकारसँग अपिल गर्न थालेका छन्। तर, उक्त अपिलमा समेत खेलाडीहरू दुई समूहमा विभाजित भएको स्पष्ट देखिएको छ।

विक्रम लामाको नेतृत्वमा रहेको नेपाल फुटबल खेलाडी संघले सार्वजनिक गरिएको भिडियो सन्देशमा सावित्रा भण्डारी ‘साम्बा’, दीप कार्की, अञ्जन विष्ट, एरिक विष्ट, अनन्त तामाङ, प्रीति राई, लाकेन लिम्बू, विमला विक, आयुष घलान, रेखा पौडेल, नबिन लामा, अञ्जिला तुम्बाप्पो सुब्बा, पूजा राना, योगेश गुरुङ, सनिश श्रेष्ठ, रोहित चन्दलगायतका खेलाडीले नेपाली फुटबल जोगाइदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

तर, त्यसको केही घण्टापछि राष्ट्रिय टोलीका कप्तान किरणकुमार चेम्जोङले छुट्टै भिडियो सन्देश सार्वजनिक गरे। उक्त भिडियोमा उनीसँगै प्रीति र रोहितमात्र देखिएका छन्। एउटै उद्देश्यका लागि गरिएको अपिलसमेत दुई फरक समूहबाट आउनुले राष्ट्रिय टोलीभित्रको विभाजन पुनः सतहमा आएको संकेत गरेको छ।

खेलाडीहरूबीचको यो दूरी नयाँ भने होइन। करिब आठ महिनाअघि विक्रमको नेतृत्वमा अञ्जन विष्ट, सनिश श्रेष्ठ, एरिक विष्टलगायत केही खेलाडीले घरेलु लिग सञ्चालनको माग गर्दै सातदोबाटोस्थित एन्फा मुख्यालयमा धर्ना दिएका थिए। त्यसबेला कप्तान किरणले सक्रिय खेलाडी स्वयं आन्दोलनमा उत्रनु उचित नभएको धारणा सार्वजनिक गरेका थिए।

उनले भनेका थिए, ‘खेलिरहेका खेलाडी आफैं प्रदर्शनमा उत्रिनु नैतिकताले दिँदैन जस्तो लाग्छ। हामी राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडी हौं, त्यसैले यस्तो कदम उपयुक्त हुँदैन। खेलाडी संघले एन्फाका पदाधिकारीसँग समन्वय गरेर समस्या समाधान खोज्नुपर्थ्यो, तर खेलाडी आफैं लिग गराउन सडकमा उत्रिनु उचित थिएन।’

कप्तानको उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विक्रम नेतृत्वमा रहेको खेलाडी संघका सदस्य अनन्तले भने उनको भनाइको खण्डन गरेका थिए। आफूहरू नेपालको खेलाडी भएको कारण सबैका लागि बोल्नुपर्ने उनले बताएका थिए।

‘हामी राष्ट्रिय टोलीमा छौं भन्दैमा अन्य खेलाडीको पीडा बेवास्ता गर्न मिल्दैन। हामी राम्रो अवस्थामा छौं भनेर मात्र खुसी हुने होइन, सबै खेलाडीको हितका लागि एकजुट भएर बोल्नुपर्छ,’ उनले भनेका थिए।

त्यसयता कप्तान किरण र विक्रमको नेतृत्वमा रहेको समूहबीच दूरी बढ्दै गएको देखिएको थियो। विक्रम समूह लगातार घरेलु फुटबल हुनुपर्ने मागसहित लडिरहँदा किरण भने चुप बस्दै आएका थिए। तर, मंगलबार सार्वजनिक भएका छुट्टाछुट्टै अपिल भिडियोले ८ महिना अगाडि त्यो दरार अझै कायम रहेको संकेत गरेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

सन्न्यास लिने सोचमा छैनन् नेयमार

सन्न्यास लिने सोचमा छैनन् नेयमार

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

सन्न्यास लिने सोचमा छैनन् नेयमार

सन्न्यास लिने सोचमा छैनन् नेयमार

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

अमेरिकी क्रिकेटर रेड्डीलाई आइसीसीले लगायो ८ वर्षको प्रतिबन्ध

अमेरिकी क्रिकेटर रेड्डीलाई आइसीसीले लगायो ८ वर्षको प्रतिबन्ध

भिनिसियसलाई भित्र्याउन आतुर आर्सनल

भिनिसियसलाई भित्र्याउन आतुर आर्सनल