संस्कृति र तेजस्वी सेमिफाइनलमा
सोमबार, १८ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। आयोजक संस्कृति शिक्षा सदन र तेजस्वी एकेडेमी १०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगितामा संस्कृतिले निम्बल एकेडेमीलाई १–० तथा तेजस्वीले पास्कल इन्टरनेसनल एकेडेमीलाई १–० गोलले पराजित गरे।
तार्केश्वर नगरपालिकाको लोलाङस्थित आयोजक संस्कृतिमै भइरहेको प्रतियोगिताको सिनियर गर्ल्समै इडिफाइ इन्टरनेसनल स्कुलले काठमाडौं लिटिल ब्लोसम्सलाई २–० तथा ल्यान्डमार्क एकेडेमीले बेलमोन्ट इन्टरनेसनल स्कुललाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।










-1785743764437.jpeg&w=3840&q=75)

