शनिबार, २३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेन्टेन एफसी च्याम्पियन

आइतबार, १७ श्रावण २०८३खेलपाटी संवाददाता
मेन्टेन एफसी च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं। पेसएक्स स्पोट्र्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ।

बुढानीलकण्ठस्थित कपन स्पोट्र्स सेन्टरमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै होराक एफसी भने प्रतियोगिताको उपविजेतामा सीमित बनेको छ।

फाइनल खेलको सुरुवातदेखि नै दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल देखिएको थियो। खेलको दोस्रो मिनेटमै सन्दीप कार्कीले गोल गर्दै होराकलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, लगत्तै मेन्टेनका तर्फबाट रविन चौलागाईंले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

खेलको नवौं मिनेटमा होराकका लागि सैलेन्द्र मगरले अर्को गोल गरेपछि पहिलो हाफमा होराक २–१ ले अघि रह्यो। दोस्रो हाफको अन्तिम मिनेटमा होराकले पुनः गोल गर्दै ३–१ को बलियो अग्रता बनाएको थियो। तर, खेलको अन्तिम समयमा मेन्टेनका योगेश श्रेष्ठले उत्कृष्ट पुनरागमन गराए। योगेशले लगातार दुई गोल गर्दै खेललाई ३–३ को बराबरीमा पुर्‍याएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

पेनाल्टी सुटआउटमा मेन्टेनले ४–३ को जित निकाल्दै पहिलो संस्करणको उपाधि चुम्न सफल भयो। साउन १५ देखि १७ गतेसम्म आयोजना भएको यस प्रतियोगितामा कुल ३२ वटा टोलीको सहभागिता रहेको थियो।

प्रतियोगिताको विजेता बनेको मेन्टेन एफसीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको होराक एफसीले ५१ हजार १ सय ११ र तेस्रो स्थान हासिल गरेको ठमेल ११ ले २१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

न्यु डायमन्डको दुवै टोलीको जित

न्यु डायमन्डको दुवै टोलीको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

मेसीसँग ढुक्क छ अर्जेन्टिना

मेसीसँग ढुक्क छ अर्जेन्टिना

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै