काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा
आइतबार, १७ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा हुने भएको छ।
नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले प्रतियोगिता आगामी कात्तिक १५ देखि २१ गतेसम्म नेपालमै आयोजना गर्ने निर्णय गरेको अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
नेपालले यसअघि २०२४ र २०२६ मा यो प्रतियोगिता आयोजना गरिसकेको छ। गत संस्करण पनि यो प्रतियोगिता नेपालमै हुने तय थियो। तर, जेन्जी आन्दोलनका कारण प्रतियोगिता ताजकिस्तानमा सारिएको थियो। उक्त प्रतियोगितामा नेपाल सहभागी थिएन।
नेपाल २०२४ को उपविजेता हो। २०२६ मा भने नेपाल चौथो भएको थियो।









-1785664789305.jpeg&w=3840&q=75)



-1785598621142.jpeg&w=3840&q=75)

