नेपालको हारै हार
सोमबार, ११ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले जितविहीन रहँदै काभा पुरुष भलिबल च्याम्पियनसिप समाप्त गरेको छ।
पाकिस्तानको इस्लामावादस्थित लियाकत जिम्न्यासियममा लिग चरणको अन्तिम खेलमा नेपाल उज्बेकिस्तानसँग ३–० को सेटमा पराजित भएको हो।
योसँगै नेपाल प्रतियोगितामा जित हात पार्न नस्कने एक मात्र टोली रह्यो। नेपालले ५ खेलबाट ३ अंक जोड्यो। उज्बेकिस्तानले भने समान खेलबाट ९ अंक पुर्याएको छ।
पहिलो सेट निकै प्रतिस्पर्धात्मक भएको थियो। यद्यपि, उक्त सेट २६–२४ ले नेपालले गुमायो। बाँकीका दुई सेटमा भने उज्बेकिस्तानले कमब्याक गर्दै २५–२० र २५–२२ को जित हात पार्यो।











-1785079914931.jpeg&w=3840&q=75)



-1785038983464.webp&w=3840&q=75)