नेयमारको दुई गोल

काठमाडौं। नेयमारले दुई गोल गरेपछि सान्तोसले ब्राजिलको सिरी ‘ए’ मा चापेकोएन्सेसँग २–२ गोलको बराबरी खेलेको छ।
विश्वकपको अन्तिम १६ मा नर्वेसँग पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि पहिलो खेल खेलिरहेका नेयमारले सान्तोसलाई अग्रता दिलाएका थिए। अल्भारो बार्रियलसँगको उत्कृष्ट तालमेलपछि उनले पहिलो प्रहारमै बललाई गोलपोस्टको टाढाको कुनामा पठाएका थिए।
दोस्रो हाफ सुरु भएको केही समयमै मार्सिन्होले चापेकोएन्सेका लागि बराबरी गोल फर्काए। त्यसपछि जोआओ अनानियासले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि पाहुना टोलीले २–१ को अग्रता बनायो।
तर‚ खेल सकिन एक मिनेट बाँकी रहँदा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै सान्तोसलाई बराबरीमा फर्काए। गुस्ताभो काबालेरोलाई ब्रुनो मातियासले फाउल गरेपछि सान्तोसले पेनाल्टी पाएको थियो।
बराबरीपछि २० टोली सहभागी लिगको अंकतालिकामा सान्तोस २२ अंकसहित १४औं स्थानमा छ। पुछारको चापेकोएन्सेभन्दा सान्तोस १२ अंकले अघि छ।






-1785038983464.webp&w=3840&q=75)





