जितको खोजिमा नेपाल

काठमाडौं। नेपालले काभा पुरुष भलिबल च्याम्पियनसिपमा आफ्नो चौथो खेलमा आइतबार बंगलादेशसँग खेल्दैछ।
पाकिस्तानको राजधानी इस्लामावादस्थित गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा उक्त खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । नेपालले यसअघिका तीन खेलमा लगातार हार बेहोरिसकेको छ।
नेपाल पहिलो खेलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो। अर्को खेलमा श्रीलंकासँग नेपाल सोही सेटमा पराजित भएको हो। तेस्रो खेलमा भने आयोजकले ३–० को सोझो सेटमा नेपाललाई पराजित गरेको थियो।
त्यसैले तीन खेलबाट दुई अंक जोडेको नेपाललाई सेमिफाइनलको सम्भावना जीवित राख्न बंगलादेशविरुद्धको खेल जित्नैपर्ने दबाब छ। उता बंगलादेशले भने उज्वेकिस्तान र कजाखस्तानलाई ३–२ को सेटमा पराजित गरेको थियो। पाकिस्तासँग भने ३–० को सोझो सेटमा पराजित भएको थियो।
अहिलेसम्म खेलेका तीन मध्ये दुई खेल जितेको छ भने एक खेलमा पराजित भएको छ।














