नेपालको लज्जास्पद हार
शुक्रबार, ०८ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले काभा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो हार बेहोरेको छ।
इस्लामावादस्थित गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा घरेलु टोली पाकिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो। नेपालले खेल २५–१४, २५–१८ र २५–१० ले गुमायो।
पाकिस्तान लगातार तीन खेल जित्दै ९ अंकसहित शीर्ष स्थानमा छ। लगातार तीन खेलमा हार बेहोरेको नेपालको दुई अंक छ। नेपाल पहिलो खेलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो। अर्को खेलमा श्रीलंकासँग नेपाल सोही सेटमा पराजित भएको हो।














