शुक्रबार, ०८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

शुक्रबार, ०८ श्रावण २०८३खेलपाटी संवाददाता
 जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई
Loading ad...
mustang rice ad

काठमाडौं। जर्मनीले राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा लिभरपुलका पूर्व्प्रशिक्षक युर्गेन क्लोपलाई नियुक्त गरेको छ।

विश्वकपमा लगातार असफल हुँदै आएको टोलीलाई पुनः लयमा फर्काउने चुनौतीसहित क्लोपले जर्मनीको जिम्मेवारी सम्हालेका हुन्। जर्मन फुटबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै क्लोपसँग २०३० को विश्वकपसम्मका लागि सम्झौता भएको जानकारी दिएको हो।

‘राष्ट्रिय टोलीले हामी जर्मनहरूलाई अरू कुनै कुराले जति जोड्न सक्दैन, त्यति जोड्छ। यही कारणले यो जिम्मेवारी मेरा लागि विशेष छ‚’ क्लोपले नियुक्तिपछि भने। क्लोपले जुलियन नागेल्सम्यानको स्थान लिएका हुन्। नागेल्सम्यानले विश्वकपमा जर्मनी पाराग्वेसँग पराजित भएपछि पद छाडेका थिए।

उक्त हारसँगै जर्मनी पुरुष विश्वकपको अन्तिम १६ मा पुग्न लगातार तेस्रोपटक असफल भएको थियो। लिभरपुलबाट २०२४ मा थकानका कारण अलग भएपछि क्लोपको यो पहिलो प्रशिक्षक जिम्मेवारी हो। जर्मनीको प्रशिक्षक बन्ने चर्चाबीच उनले आफू फेरि ऊर्जा प्राप्त गरिसकेको बताएका थिए।

लिभरपुलमा आक्रामक र रोमाञ्चक शैलीको ‘हेभी मेटल फुटबल’ का लागि चर्चित क्लोप नागेल्सम्यानले पद छाड्नेबित्तिकै जर्मनीको पहिलो रोजाइ बनेका थिए। क्लोप र जर्मन फुटबल संघबीच केही सातासम्म चलेको छलफलपछि सम्झौता भएको हो।

५९ वर्षीय क्लोप नागेल्सम्यानभन्दा २० वर्ष जेठा छन्। उनी विश्वकप अवधिमा अमेरिकी भूमिमै जर्मन भाषाको प्रसारण संस्थाका लागि विश्लेषकको भूमिकामा पनि थिए। यसअघि क्लोपले रेड बुल समूहसँग पनि काम गरेका थिए। उनले पछिल्लो डेढ वर्ष रेड बुलअन्तर्गत रहेका विश्वभरका फुटबल क्लबलाई सल्लाह दिने ‘हेड अफ ग्लोबल सकर’ को भूमिकामा बिताएका थिए। जर्मन संघले सोही समूहसँग पनि छलफल गरेको थियो।

अब क्लोपको पहिलो परीक्षा निकै कठिन हुनेछ। उनले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेपछि सुरुआतमै ११ दिनभित्र नेसन्स लिगका चार खेल खेल्नुपर्नेछ। जर्मनीले सेप्टेम्बरको अन्त्यदेखि अक्टोबरको सुरुआतसम्म नेदरल्यान्ड्स, ग्रीस र सर्बियाजस्ता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

क्लोपमाथि जर्मनीलाई पुनः विश्व फुटबलको शीर्ष स्तरमा फर्काउने ठूलो दबाब रहनेछ। चारपटक विश्वकप जितेको जर्मनी पछिल्ला तीन संस्करणमा समूह चरणमै रोकिँदै आएको छ, जसका कारण टोलीको पुनर्निर्माण अहिले सबैभन्दा ठूलो प्राथमिकता बनेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 स्पेनका दुई खेल अनुसन्धानको घेरामा

स्पेनका दुई खेल अनुसन्धानको घेरामा

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

ओटामेन्डीले लिए सन्न्यास

ओटामेन्डीले लिए सन्न्यास

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

 स्पेनका दुई खेल अनुसन्धानको घेरामा

स्पेनका दुई खेल अनुसन्धानको घेरामा

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

जित्नैपर्ने दबाबमा नेपाल

जित्नैपर्ने दबाबमा नेपाल

ओटामेन्डीले लिए सन्न्यास

ओटामेन्डीले लिए सन्न्यास

नेपालको लगातार हार

नेपालको लगातार हार

विश्वकपमा म्याच फिक्सिङ भएन !

विश्वकपमा म्याच फिक्सिङ भएन !

नेपाल कठिन समूहमा

नेपाल कठिन समूहमा