जित्नैपर्ने दबाबमा नेपाल
शुक्रबार, ०८ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। सेमिफाइनल पुग्न जित्नैपर्ने दबाबमा रहेको नेपालले काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत शुक्रबार आफ्नो तेस्रो खेलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ।
यी दुईबीचको खेल इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ। नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो।
नेपाल पहिलो खेलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो। अर्को खेलमा श्रीलंकासँग नेपाल सोही सेटमा पराजित भएको हो।
दुई अंक जोडेको नेपाल छैटौं स्थानमा छ। पाकिस्तानले भने यसअघि भएका दुई खेलमा जित निकालेको छ। ६ अंकसहित पाकिस्तान शीर्ष स्थानमा छ।














