हारबाट काभा भलिबलको सुरुवात
बुधबार, ०६ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको राष्ट्रिय भलिबल टिम काजकिस्तानसँग हारेको छ ।
बुधबार पाकिस्तानमा भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल, काजकिस्तासँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा हारेको हो ।
पहिलो दुुई सेट २५–१९ र २५–२१ ले हारेको नेपालले तेस्रो सेटमा ३४–३२ को सेटमा रोमाञ्चक जित दर्ता गर्दै खेलमा खेलमा फर्किएको थियो ।
चौथों सेट नेपालले २५–१९ ले जित्दै बराबरी गर्न सफल भएको थियो । तर अन्तिम सेट १५–१९ ले गुमाएपछि नेपालले खेलको नतिजा काजकिस्तानलाई सुुम्पिएको थियो ।
प्रतियोगितामा नेपाल र काजकिस्तान सहित उज्वेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी छन् ।
नेपालले प्रतियोगिताको दोस्रो खेलमा बिहीबार श्रीलंकासँग खेल्नेछ ।
#cavavolleyball#nepalvolleyball#nepalwin















