नामिबियासँग खेल्दै नेपाल
मंगलबार, ०५ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग टूू अन्तर्गत नेपालले आज मंगलबार नामिबियासँग खेल्दैछ ।
नेदरल्याण्ड्सको उट्रेक्टमा हुन लागेको लिग टू अन्तर्गतको खेलमा नेपाल जित निकाल्दै अंक तालिकामा सुधारको लक्ष्यमा हुनेछ ।
खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।
प्रतियोगिताको तयारीका लागि नेपालले जर्सीसँग दुुई म्याचको वान डे सिरिज खेलेको थियो । दुवै खेलमा नेपालले जित निकालेको थियो ।
सोही लयलाई डिभिजन टूमा निरन्तरता दिने लक्ष्यमा नेपाल हुनेछ । नेपाल २४ अंक सहित तालिकाको पाँचौं र नोमिबिया २२ अंक सहित तालिकाको सातौं स्थानमा छन् ।
#namibia#nepal#cricket#khelpati















