एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो
शनिबार, ०२ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं । एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो बनेको छ । शनिबार इन्डोनेसियालाई ९ विकेटले हराउँदै नेपाल प्रतियोगिताको तेस्रो बनेको हो ।
इन्डोनेसियाले दिएको ६९ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर पुरा गर्यो । सना प्रविनले २५ र करुना विष्टले १६ रन बनाएको ईनिङ्समा सावित्री धामीले २४ रनको योगदान दिएकी थिईन् ।
सुुरुवाती ब्याटिङ गरेको इन्डोनेसियालाई सस्तैमा रोक्न मनिषा उपाध्यायले ४ तथा अनु कठायतले २ विकेट लिएकी थिईन् । रिचा चौधरी, तिर्सना विश्वकर्मा र सोनी पाख्रिनले समान एक एक विकेट लिएका थिए ।
नेपाल सेमिफाइलनमा यूएईसँग पराजित भएपछि फाइनल पुग्न असफल भएको थियो ।
#accwomenscricket#nepalicricketkhelpatinews













