उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने भएको छ। दुवै टोलीले आ-आफ्नो सेमिफाइनल खेल जित्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-० गोलले पराजित गरेको थियो। स्पेनका लागि मिकेल ओयारजाबालले पेनाल्टीमार्फत पहिलो गोल गर्दा पेड्रो पोरोले दोस्रो गोल गरेका थिए।
दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डमाथि २-१ गोलको रोमाञ्चक जित निकाल्यो। इङ्ल्यान्डले एन्थोनी गोर्डनको गोलबाट अग्रता लिए पनि एन्जो फर्नान्डेजले अर्जेन्टिनालाई बराबरीमा फर्काए।
इन्जुरी समयमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई फाइनलमा पुर्याए। अर्जेन्टिनाका दुवै गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरेका थिए।
अब विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधिका लागि युरोपियन च्याम्पियन स्पेन र साविक विश्वविजेता अर्जेन्टिना आमनेसामने हुनेछन्।













