जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

काठमाडौं । नेपालले जर्सी विरुद्धको दुुई म्याचको एकदिवसीय सिरिज कब्जा गरेको छ । दोस्रो खेलमा नेपालले जर्सीलाई ७ रनले हराउँदै सिरिज कब्जा गरेको हो ।
२ सय ८३ रनको लक्ष्य पछ्याएको नेपाललाई दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले जिततर्फ डो¥याएका थिए । ४६ औ मिनेटमा वर्षाले खेल प्रभावित बनेपछि डीएलएस पद्धतिका आधारमा खेलको निर्णय गरिएको थियो ।
नेपालका लागि इशान पाण्डेले ९० रन जोड्दा कुशत भुर्तेलले ५१ रनको पाली खेलेका थिए । भिम सार्कीले ३७ रन बनाउँदा दिपेन्द्र ३४ र रोहित २१ रनमा अविजित थिए । आरिफ शेख ३ रनमा आउट भएका थिए ।
पहिले ब्याटिङ गरेको जर्सीले ६ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो । शीर्ष क्रमका ब्याट्सम्यान चम्किएको खेलमा जर्सीले ठुलो स्कोर खडा गरेको थियो । नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।
श्रृङ्खलाको पहिलो खेलमा नेपाल विजयी बनेको थियो । नेपाल दुुई म्याचको श्रृङ्खला जित्दै भ्रमणको सुखद अन्त्य गरेको छ ।














