जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

काठमाडौं । नेपाल एसीसी वुमन्स यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाईनल प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा जापानलाई ९ विकेटले हराउँदै नेपाल प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।
जापानले प्रस्तुत गरेको ८७ रनको लक्ष्य नेपालले ११ दशमलव २ ओभरमा मात्र एक विकेट गुमाएर पुरा गर्यो ।
जापानले निर्धारित २० ओभरमा अलआउट हुदै ८६ रन बनाएको थियो । कप्तान बियांका शिनोले ३८ रन बनाउनु बाहेक अन्य खेलाडीले खासै प्रर्दशन गर्न सकेनन् ।
नेपालकी रिया शर्मा, कृष्णा गुरुङले समान दुुई तथा अनु कठायत, मनिषा उपाध्याय र सोनी पाख्रिनले समान एक विकेट लिए ।
पुन एक पटक ओपनर सावित्री धामीले अविजित ४१ रन बनाएपछि नेपालले सहजै जित हासिल गरेको हो । सना प्रविन र कप्तान सोनी पाख्रिनले समान १८ रनको योगदान दिए ।
प्रतियोगिताका अपराजित टिम नेपालले अब फाइनल प्रवेशका लागि पर्सी शुक्रबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।















