एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

काठमाडौं । उमेर समूहको एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
थाइल्यान्डको बैंककमा जुलाई १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष र १० महिला खेलाडीले नेपालीको चुनौती पेश गर्ने भएका हुन् ।
च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ ।
खेलाडीहरुमा आरभ अग्रवाल, आरोन भण्डारी, आरुष अवाले, अभिभ प्रधान, इसान क्षेत्री तिवारी, रेवन्तबहादुर श्रेष्ठ, आभा वैद्य, आध्याश्री जोशी, अनाया श्रेष्ठ, देवान्शी जोशी, इरा अमात्य, पलिशथा शाक्य, राज्भी सौम्य शाह, सम्यामी घिमिरे, संस्कृति अधिकारी र सेरेन अवाले रहेका छन् ।
टोली प्रमुख राजु महर्जन, प्रमुख प्रशिक्षक सुदीप राजभण्डारी र प्रशिक्षक सुमन महर्जन ।
टोलीलाई सफताको शुभकामना दिदै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले सिंहदरबारमा बिदाई गरेका छन् ।















