नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

बाँके । दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप शुक्रबार बिहानदेखि नेपालगन्जमा सुरु भएको छ ।
नेपालगन्ज स्विमिङ क्लबले आयोजना गरेको प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गरेका छन् ।
मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना भएकाले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए ।
क्लबका अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षता र क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीको स्वागत मन्तन्यबाट सुरु भएको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य अम्बिका काफ्लेले प्रतियोगिता सफलताको कामना गरेका थिए ।
उद्घाटन खेलमा ५० मिटर अन्डर ८ ब्याकस्ट्रोक ईभेन्टमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन जिरेल प्रथम, आदर्श माध्यमिक विद्यालय नेपालगन्जका युभान श्रेष्ठ दोेस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्रो भए ।
त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर ८ ब्वाइजमा सगरमाथा क्लबका राजविन जिरेल प्रथम, शिखा एकेडेमी कोहलपुर बाँकेका दिप्सन पुन मगर दोस्रो र आदर्श मावि नेपालगन्जका युभान श्रेष्ठ तेस्रो भएका छन् ।
त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर ८ गल्समा सगरमाथा क्लबका छियाना महर्जन प्रथम, आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमी कोहलपुरकी श्रीजा रेग्मी तेस्रो स्थान हासिल गरेका छन् ।
२५ मिटर ब्याकस्ट्रोक अण्डर ८ गल्समा सगरमाथा क्लबकी छियाना महर्जन प्रथम, आर्दश माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमीकी काफिया चलाउने तेस्रो भए । प्रतियोगिताका विजेता खेलाडीहरुलाई मन्त्री पाण्डेले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रममा मन्त्री पाण्डेले पौडी प्राविधिक विष्णु खड्कालाई ह्विसल प्रदान गरेर खेलको शुभारम्भ गरेका थिए ।
प्रतियोगितामा विभिन्न ५६ वटा इभेन्टमा हुने छन् ।











%20(1)-1761905198112.png&w=3840&q=75)



