‘फ्लप’ सन्दीप
सोमबार, ११ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने पहिलोपल्ट लगातार ३ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई)मा विकेटविहीन भएका छन्।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध खेलमा पनि विकेटविहीन भएसँगै उनले यो खराब रेकर्ड राखेका हुन्।
सन्दीपले नामिबियाविरुद्धको पहिलो खेलमा ७ ओभर बलिङ गरेका थिए। ३२ रन दिएपनि उनले विकेट लिन सकेका थिएनन्।
यस्तै, नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि उनले ८.१ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएका थिए। तर, उक्त खेलमा पनि विकेटविहीन भए।
यस्तै, नामिबियाविरुद्धको दोस्रो खेलमा पनि उनले ८ ओभर बलिङ गरेका थिए। तर, ३६ रन खर्चिए पनि उनी पुन: विकेटविहीन भए।












-1785079914931.jpeg&w=3840&q=75)