पोखराबाट शाकिबले खेल्ने
सोमबार, ११ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। पोखरा एभेन्जर्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि बंगलादेशका अलराउन्डर शाकिब अल हसनलाई अनुबन्ध गरेको छ।
४० वर्षीय शाकिब विश्वभरका ३० भन्दा बढी फ्रेन्चाइज टोलीबाट खेलिसकेका अनुभवी खेलाडी हुन्।
बंगलादेशका पूर्वकप्तानसमेत रहेका उनले १२९ टी–२० आईमा २ हजार ५५१ रन बनाएका छन्। यस्तै, १४९ विकेट लिएका छन्। सबैखाले टी–२० क्रिकेटमा उनले ४७८ खेल खेल्दै ७ हजार ८५३ रन बनाएका छन् भने ५१५ विकेटसमेत आफ्नो नाममा राखेका छन्।











-1785079914931.jpeg&w=3840&q=75)


