रेनुले एसियाली पारा खेलकुद खेल्ने

काठमाडौं। पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानको आइची/नागोयामा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागिता जनाउने भएकी छन्।
बाई–पार्टाइट इन्विटेसन (वाइल्ड कार्ड) पाउदै रेनुको एसियाली पारा खेलकुदमा सहभागिता निश्चित भएको नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जनाएका छन्।
रेनु हाल विश्व वरीयतामा २६ औं तथा एसियाली वरीयतामा १३ औं स्थानमा रहेको पारा तेक्वान्दो प्रशिक्षक समेत रहेका तेक्वान्दो संघका सदस्य कविराज नेगी लामा जनाएका छन्।
२०८२ मंसिर २१ देखि २८ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भएको एसियन युथ गेम्समा रेनुले के– ४४ क्याटागोरीअन्तर्गन महिला ४७ केजीमुनि कास्य पदक जितेकी थिइन्।
रेनुले मलेसियामा भएको १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप– २०२५ तथा मंगोलियामा भएको ११ औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप– २०२६ मा सहभागिता जनाएकी थिइन्।
रेनुसँगै कार्तिक १ देखि ७ गतेसम्म जापानमा हुने एसियाली पारा खेलकुदको पारा तेक्वान्दोमा हालसम्म २ खेलाडीको सहभागिता पक्का भएको छ। यसअघि पलेशा गोवर्धन वरीयताका आधारमा छनोट भइसकेकी छन्।
पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जितेकी थिइन्। एसियाली पारा खेलकुदमा नेपालले पहिलो संस्करणदेखि नियमित भाग लिँदै आएको छ। एसियाली पारा खेलकुदमा पदक जित्ने पलेशा नेपालकी एक्लो खेलाडी हुन्।





-1779711578922.jpeg&w=3840&q=75)



-1785079914931.jpeg&w=3840&q=75)


-1785038983464.webp&w=3840&q=75)


