आइतबार, १० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बालोन डी’ओरको दौडका शीर्ष पाँच दाबेदार

आइतबार, १० श्रावण २०८३खेलपाटी संवाददाता
बालोन डी’ओरको दौडका शीर्ष पाँच दाबेदार
Loading ad...
mustang rice ad

विश्वकप समाप्त भएसँगै फुटबल जगतमा अब सबैभन्दा धेरै चर्चा बालोन डी’ओर अवार्डको हुन थालेको छ। इतिहासले देखाउँछ कि विश्वकप हुने वर्षमा फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कारको निर्णयमा विश्वकपको प्रदर्शनले ठूलो भूमिका खेल्ने गर्छ।

सन् २००६ मा इटालीलाई विश्व च्याम्पियन बनाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका डिफेन्डर फाबियो कानाभारोले बालोन डी’ओर जितेका थिए। सन् २०१८ मा क्रोएसियालाई पहिलोपटक विश्वकपको फाइनलसम्म पुर्‍याएका लुका मोड्रिच पनि यही सम्मानका हकदार बने।

त्यसपछि सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएपछि लिओनल मेसीले आफ्नो आठौं बालोन डी’ओर जित्नु लगभग निश्चितजस्तै भएको थियो।

तर‚ सन् २०२६ को विश्वकपपछि भने अवस्था फरक देखिएको छ। स्पेन विश्वच्याम्पियन बने पनि यसपटक बालोन डी’ओरको निर्विवाद दाबेदार मानिने कुनै एक खेलाडी देखिँदैन। केही खेलाडीले क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरे पनि राष्ट्रिय टोलीबाट अपेक्षित सफलता हासिल गर्न सकेनन्।

अर्कोतर्फ, केहीले विश्वकपमा चम्किए पनि क्लब स्तरमा त्यति प्रभावशाली प्रदर्शन गर्न सकेनन्। यही प्रतिस्पर्धात्मक अवस्थाबीच स्पोर्ट्स स्ट्रिमिङ प्लेटफर्म ‘डिएजेडएन’ ले बालोन डी’ओरका शीर्ष पाँच दाबेदारको ‘पावर र्‍याङ्किङ’ सार्वजनिक गरेको छ।

१. केन (बायर्न म्युनिख/इङ्ग्ल्यान्ड)

विश्वकप जित्न नसके पनि ह्यारी केनले पूरा सिजन उत्कृष्ट निरन्तरता कायम राखे। इङ्ग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्‍याउने क्रममा उनले ६ गोल गरे।

क्लब र राष्ट्रिय टोली दुवैतर्फ गरेर उनले एकै सिजनमा ७० गोल गर्ने अविश्वसनीय उपलब्धि हासिल गरे। साथै बायर्न म्युनिखलाई बुन्डेसलिगा उपाधि जिताउन पनि महत्त्वपूर्ण भूमिका खेले।

इङ्ग्ल्यान्डले विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो भने बायर्न म्युनिख च्याम्पियन्स लिगमा उपविजेता बनेको थियो। ठूलो अन्तर्राष्ट्रिय उपाधि नजिते पनि समग्र वर्षभरिको प्रदर्शनका आधारमा ‘डिएजेडएन’ले केनलाई शीर्ष स्थानमा राखेको छ।

२. यमल (बार्सिलोना/स्पेन)

ह्यामस्ट्रिङ चोटबाट फर्किएर विश्वकप खेलेका लामिन यमल पूर्ण रूपमा फिट नभए पनि स्पेनको विश्वकप जितमा महत्त्वपूर्ण पात्र बने। उनले बार्सिलोनालाई ला लिगा उपाधि दिलाउने क्रममा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। विश्वकपमा पनि उनको योगदान निर्णायक रह्यो।

विश्लेषकहरूका अनुसार प्रतियोगिताको अन्तिम चरणमा उनले क्लब फुटबलमा जस्तै प्रभावशाली प्रदर्शन दोहोर्‍याउन सकेको भए बालोन डी’ओरको दौडमा उनी शीर्ष स्थानमा रहने सम्भावना थियो।

३. रोड्री (म्यानचेस्टर सिटी/स्पेन)

क्लब फुटबलमा केही हदसम्म लय गुमाए पनि रोड्रीले राष्ट्रिय टोलीमा आफ्नो महत्त्व फेरि प्रमाणित गरे। उनले स्पेनको मिडफिल्डलाई उत्कृष्ट रूपमा सञ्चालन गर्दै टोलीलाई विश्वच्याम्पियन बनाउन योगदान दिए। साथै विश्वकपको उत्कृष्ट खेलाडीलाई दिइने ‘गोल्डेन बल’ पनि जिते।

विश्वकपको यो व्यक्तिगत सम्मानले बालोन डी’ओरको मतदानमा सधैं ठूलो प्रभाव पार्ने भएकाले रोड्री अझै पनि बलियो दाबेदारका रूपमा हेरिएका छन्।

४. एमबाप्पे (रियल मड्रिड/फ्रान्स)

किलियन एमबाप्पेले विश्वकपमा १० गोल गर्दै गोल्डेन बुट जिते। साथै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान पनि बनाए।

यद्यपि‚ टोलीगत सफलताको अभावले उनलाई बालोन डी’ओरको दौडमा पछि पारेको छ। रियल मड्रिडले ला लिगा वा च्याम्पियन्स लिगमध्ये कुनै पनि उपाधि जित्न सकेन भने फ्रान्स पनि सेमिफाइनलबाट बाहिरियो।

व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरे पनि ठूलो ट्रफीको अभावले उनलाई चौथो स्थानमा सीमित गरेको छ।

५. मेसी (इन्टर मियामी/अर्जेन्टिना)

३९ वर्षको उमेरमा पनि मेसी विश्वकपमा अर्जेन्टिनाका मुख्य खेलाडी बने। उनले प्रतियोगिताभर ८ गोल र ४ असिस्ट गर्दै टोलीलाई लगातार दोस्रो पटक विश्वकपको फाइनलसम्म पुर्‍याए। तर‚ फाइनलमा स्पेनविरुद्ध उनले आफ्नो उत्कृष्ट प्रदर्शन दोहोर्‍याउन सकेनन्।

इन्टर मियामीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका भए पनि युरोपबाहिर क्लब फुटबल खेल्नु बालोन डी’ओरको मतदानमा प्रभाव पार्न सक्ने विश्लेषकहरूको विश्वास छ।

त्यसैले अर्को सम्झनलायक विश्वकप खेले पनि मेसीका लागि कीर्तिमानी नवौं बालोन डी’ओर जित्ने यात्रा यसपटक निकै कठिन हुने अनुमान गरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काङ–इन ली अन्ततः एट्लेटिकोमा

काङ–इन ली अन्ततः एट्लेटिकोमा

रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?

रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?

 पिर्लो बन्ने भए इटालीका प्रशिक्षक

पिर्लो बन्ने भए इटालीका प्रशिक्षक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बालोन डी’ओरको दौडका शीर्ष पाँच दाबेदार

बालोन डी’ओरको दौडका शीर्ष पाँच दाबेदार

काङ–इन ली अन्ततः एट्लेटिकोमा

काङ–इन ली अन्ततः एट्लेटिकोमा

जितको खोजिमा नेपाल

जितको खोजिमा नेपाल

सन्देश प्रथम

सन्देश प्रथम

रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?

रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?

 पिर्लो बन्ने भए इटालीका प्रशिक्षक

पिर्लो बन्ने भए इटालीका प्रशिक्षक

चिलीको क्लबमा भोजिन्हा

चिलीको क्लबमा भोजिन्हा

नेपालको लज्जास्पद हार

नेपालको लज्जास्पद हार