शनिबार, ०९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?

शनिबार, ०९ श्रावण २०८३खेलपाटी संवाददाता
रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?
Loading ad...
mustang rice ad

काठमाडौं। हालै सम्पन्न विश्वकपमा आफ्नो अन्तिम खेल खेल्दै मैदान छाड्दा क्रिस्टियानो रोनाल्डोको आँखामा सायद अर्को अधुरो सपनाको पीडा थियो।

लगातार ६ वटा विश्वकप खेले पनि उनले सुनौलो विश्वकप ट्रफी उचाल्ने सपना पूरा गर्न सकेनन्। तर‚ त्यो क्षण पोर्चुगलका लागि अझ गहिरो अर्थ बोकेको थियो। किनभने त्यो दिन एक महान् खेलाडीको विश्वकप यात्रा समाप्त भएको थिएन। रोनाल्डो केन्द्रमा रहेको पोर्चुगाली फुटबलको एउटा युग पनि समाप्त भएको थियो।

सन् २०२६ को विश्वकपको अन्तिम १६ चरणमा स्पेनसँग पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो। खेलपछि रोनाल्डोले यही आफ्नो अन्तिम विश्वकप भएको घोषणा गरे।

यद्यपि‚ उनले अन्तर्राष्ट्रिय फुटबलबाट तत्कालै सन्न्यास लिने निर्णय भने गरेका छैनन्। त्यसैले नयाँ मुख्य प्रशिक्षक जोर्ज जेससको नेतृत्वमा उनी केही अन्तर्राष्ट्रिय खेलमा अझै देखिन सक्ने सम्भावना छ। तर‚ विश्वकपको मञ्चमा भने उनको अध्याय समाप्त भइसकेको छ।

रोनाल्डोको विश्वकप यात्राको अन्त्यसँगै पोर्चुगलका सामु सबैभन्दा ठूलो प्रश्न रणनीतिक वा भावनात्मक मात्र छैन। अझ ठूलो प्रश्न यो हो कि अब रोनाल्डोपछिको युगमा पोर्चुगलले आफूलाई विश्वसामु कसरी नयाँ रूपमा प्रस्तुत गर्ने? किनभने रोनाल्डो धेरै पहिले नै राष्ट्रिय टोलीका एक खेलाडी मात्र रहेनन्, उनी आफैं विश्वव्यापी ब्रान्ड बनेका थिए।

अन्तर्राष्ट्रिय पुरुष फुटबल इतिहासका सर्वाधिक गोलकर्ता, लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी तथा दुई दशकभन्दा बढी समय राष्ट्रिय टोलीका नियमित सदस्यजस्ता उपलब्धिले उनलाई तथ्यांकभन्दा धेरै माथिको स्थानमा पुर्‍याएको छ। मैदानभित्रको प्रदर्शनसँगै मैदानबाहिर उनको प्रभाव पनि उत्तिकै बलियो रह्यो।

पोर्चुगाली समाचार संस्था ‘लुसा’सँगको अन्तर्वार्तामा मार्केटिङ विशेषज्ञ डानियल सा भन्छन्,‘यो कुरा सुन्दा केही कठोर लाग्न सक्छ। तर‚ ब्रान्डको दृष्टिकोणबाट हेर्दा पोर्चुगल राष्ट्रिय टोली र अन्य धेरै टोलीहरूलाई एक ठाउँमा राखे पनि रोनाल्डो एक्लै ती सबैभन्दा ठूलो ब्रान्ड हुन्।’

यो भनाइले रोनाल्डोको वास्तविक प्रभावलाई स्पष्ट रूपमा देखाउँछ। पोर्चुगल फुटबल महासंघका लागि रोनाल्डोको भूमिका गोल गर्ने खेलाडीको मात्र थिएन। उनको विश्वव्यापी लोकप्रियताले टोलीलाई धेरै प्रायोजक, व्यावसायिक सम्झौता तथा नयाँ अन्तर्राष्ट्रिय बजार दिलाएको थियो। युरोपबाहिरका करोडौं समर्थकले पनि मुख्यतः रोनाल्डोकै कारण पोर्चुगलका खेलहरू हेर्न थालेका थिए।

डानियल साका अनुसार रोनाल्डोको अनुपस्थितिमा यो खालीपन अझ स्पष्ट हुनेछ। उनी भन्छन्,‘म खेल विश्लेषण गरिरहेको छैन, ब्रान्डको विश्लेषण गरिरहेको छु। उनी गएपछि यो ठूलो क्षति हुनेछ। हामीले कति ठूलो प्रचार र सञ्चारमाध्यमको ध्यान गुमाउनेछौं भन्ने कुरा धेरैले अझै पूर्ण रूपमा बुझेका छैनन्। हामी तीव्र गतिमा तल झर्दै गरेको चलायमान सिँढीबाट झरेजस्तै हुनेछौं। पछिल्ला २० वर्षमा रोनाल्डोले एक्लैले पोर्चुगललाई असंख्य व्यावसायिक सम्झौता दिलाएका छन् र ठूलो आर्थिक लाभ कमाउन सहयोग गरेका छन्।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्राजिललाई हराउने कल्पनासमेत नगरेका हालान्ड

ब्राजिललाई हराउने कल्पनासमेत नगरेका हालान्ड

निर्विकल्प पेनाल्टी टेकर थिए ब्रुनो

निर्विकल्प पेनाल्टी टेकर थिए ब्रुनो

ब्राजिललाई २४ वर्षदेखिको अभिशाप

ब्राजिललाई २४ वर्षदेखिको अभिशाप

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सन्देश प्रथम

सन्देश प्रथम

रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?

रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?

 पिर्लो बन्ने भए इटालीका प्रशिक्षक

पिर्लो बन्ने भए इटालीका प्रशिक्षक

चिलीको क्लबमा भोजिन्हा

चिलीको क्लबमा भोजिन्हा

नेपालको लज्जास्पद हार

नेपालको लज्जास्पद हार

डे जोङ केही सातासम्म मैदानबाहिर रहने

डे जोङ केही सातासम्म मैदानबाहिर रहने

 जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

 स्पेनका दुई खेल अनुसन्धानको घेरामा

स्पेनका दुई खेल अनुसन्धानको घेरामा