शुक्रबार, ०८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्पेनका दुई खेल अनुसन्धानको घेरामा

शुक्रबार, ०८ श्रावण २०८३खेलपाटी संवाददाता
 स्पेनका दुई खेल अनुसन्धानको घेरामा
Loading ad...
mustang rice ad

१६ वर्षपछि विश्वकपको उपाधि जितेको स्पेन अहिले विवादको घेरामा परेको छ। लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनालाई एकपक्षीय फाइनलमा १–० ले हराउँदै च्याम्पियन बनेको स्पेनका विश्वकपका दुई खेल शंकास्पद सट्टेबाजीको सूचीमा परेका छन्।

यस विषयमा स्पेनमाथि अनुसन्धान हुन सक्ने सम्भावना देखिएको छ। समाचार संस्था ‘द एथलेटिक’ का अनुसार खेलमा सम्भावित मिलेमतो रोक्न र खेलको निष्पक्षता कायम गर्न काम गर्ने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था ग्रुप अफ कोपेनहेगनले विश्वकपका सात खेललाई निगरानीको सूचीमा राखेको छ। खेलको नतिजाको वैधताबारे प्रश्न उठेपछि उक्त संस्थाले विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग थप स्पष्टीकरण मागेको छ।

सोही सूचीमा स्पेनका दुई खेल पनि समावेश छन्। विश्वकपमा पहिलोपटक सहभागी भएर इतिहास बनाउँदै नकआउट चरण पुगेको केप भर्डेविरुद्धको स्पेनको पहिलो खेलमाथि विशेष ध्यान दिइएको छ। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। यस खेलअघि पोलिमार्केटजस्ता सट्टेबाजी प्लेटफर्ममा स्पेनले केप भर्डेविरुद्ध जित निकाल्न नसक्ने अनुमानमा ठूलो मात्रामा बाजी लागेको देखिएको थियो।

त्यस्तै, साउदी अरaविरुद्धको खेलमा फेरान टोरेसको गोल रद्द गर्ने क्रममा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रक्रियामा भएको लामो ढिलाइलाई पनि शंकाको दृष्टिले हेरिएको छ। टोरेसकै गोलले फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै स्पेनलाई विश्वकप उपाधि दिलाएको थियो।

ग्रुप अफ कोपेनहेगनले शंकास्पद गतिविधि देखिएका खेललाई ‘येलो अलर्ट’ (पहेंलो चेतावनी) को श्रेणीमा राख्ने गर्छ। असामान्य सट्टेबाजी गतिविधि, सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचना वा अस्वाभाविक सूचनाको आदान–प्रदान देखिएमा यस्तो चेतावनी जारी गरिन्छ। यो चार तहको चेतावनी प्रणालीमध्ये तेस्रो स्तर हो। यस प्रणालीमा हरियो (सामान्य), पहेंलो (मध्यम सतर्कता), सुन्तला (उच्च सतर्कता) र रातो (अत्यधिक सतर्कता) तह रहेका छन्।

ग्रुप अफ कोपेनहेगनका पूर्व सहयोगी तथा विशेषज्ञ क्रिस्टियन काल्बले चेतावनी जारी हुनुको अर्थ खेलमा अनियमितता भएको प्रमाणित हुनु नरहेको बताएका छन्। ‘ग्रुप अफ कोपेनहेगनका चेतावनीहरू पछाडि असामान्य अवस्था (आउटलायर) हुन सक्छन्। उदाहरणका रूपमा सट्टेबाजी बजारमा तरलताको परिवर्तन वा अन्य प्राविधिक कारण हुन सक्छन्। यस्तो अवस्था देखिनुका लागि खेल मिलेमतो वा ठगी नै हुनुपर्छ भन्ने छैन,’ उनले द एथलेटिकलाई बताएका छन्।

यसैबीच, विश्वकप सकिएको केही दिनमै फिफाले आफूले कुनै पनि शंकास्पद सट्टेबाजी वा खेल मिलेमतोसम्बन्धी सूचना प्राप्त नगरेको जनाएको थियो। ग्रुप अफ कोपेनहेगनले पनि कुनै खेलमा प्रत्यक्ष रूपमा शंकास्पद सट्टेबाजी गतिविधि वा मिलेमतोको प्रमाण नभेटिएको स्पष्ट पारेको छ। यद्यपि, शंका उत्पन्न भएका खेलबारे फिफासँग थप विवरण माग गरिएको छ।

स्पेनबाहेक अन्य केही खेल पनि निगरानीमा परेका छन्। तीमध्ये मेक्सिकोविरुद्धको खेलमा दक्षिण अफ्रिकाका खेलाडी थेम्बा जोवान र अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनले पाएको रातो कार्ड पनि समावेश छन्। बालोगुनको घटनामा उनी बेल्जियमविरुद्ध खेल्नेछन् भन्ने विशेष सट्टा लगाइएको थियो। तर‚ बोस्निया–हर्जेगोभिनाविरुद्धको खेलमा रातो कार्ड पाएपछि उनी बेल्जियमविरुद्ध निलम्बित भएका थिए। यद्यपि, सट्टा लगाउने समयमा उनको प्रतिबन्ध रद्द भएको थिएन।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

ओटामेन्डीले लिए सन्न्यास

ओटामेन्डीले लिए सन्न्यास

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

 स्पेनका दुई खेल अनुसन्धानको घेरामा

स्पेनका दुई खेल अनुसन्धानको घेरामा

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

जित्नैपर्ने दबाबमा नेपाल

जित्नैपर्ने दबाबमा नेपाल

ओटामेन्डीले लिए सन्न्यास

ओटामेन्डीले लिए सन्न्यास

नेपालको लगातार हार

नेपालको लगातार हार

विश्वकपमा म्याच फिक्सिङ भएन !

विश्वकपमा म्याच फिक्सिङ भएन !

नेपाल कठिन समूहमा

नेपाल कठिन समूहमा