शुक्रबार, ०८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

शुक्रबार, ०८ श्रावण २०८३खेलपाटी संवाददाता
मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?
Loading ad...
mustang rice ad

अघि धेरैले सोचेका थिए‚ कतारमा विश्वकप जितेपछि लिओनल मेसीको विश्वकप यात्रा त्यहीँ समाप्त हुनेछ।

तर‚ समयले त्यो अनुमानलाई गलत साबित गरिदियो। ३९ वर्षको उमेरमा पनि उनले उत्तर अमेरिकामा सम्पन्न विश्वकपमा अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनलसम्म पुर्‍याउँदै आफ्नो असाधारण क्षमता फेरि एकपटक प्रमाणित गरे।

यसपटक भने अर्जेन्टिनाले उपाधि जित्न सकेन। फाइनलमा स्पेनसँग पराजित हुँदै टोली उपविजेतामै सीमित रह्यो। यद्यपि‚ प्रतियोगिताभर मेस्सीले देखाएको खेलकौशल, नेतृत्व र प्रभावका कारण उनी फेरि विश्व फुटबलको केन्द्रमा रहे।

विश्वकप सकिएसँगै अब अर्को रोचक सम्भावनाबारे चर्चा सुरु भएको छ। सन् २०३० को विश्वकप हुँदा मेसी ४३ वर्षका हुनेछन्। त्यो उमेरमा उनी अझै विश्वकप खेल्ने सम्भावना निकै कम मानिन्छ।

तर‚ फुटबल समर्थकहरूको कल्पनाले भने नयाँ मोड लिएको छ। अहिले धेरै अर्जेन्टिनी समर्थकको ध्यान मेसीमा भन्दा पनि उनका जेठा छोरा थियागो मेसीतर्फ केन्द्रित हुन थालेको छ।

हाल १३ वर्षका थियागोबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। सन् २०३० को विश्वकपसम्म उनी १८ वर्षका हुनेछन्। यदि आगामी केही वर्षमा उनले व्यावसायिक फुटबलमा तीव्र रूपमा आफ्नो स्थान बनाउन सके भने अर्जेन्टिनाको राष्ट्रिय टोलीमा अवसर पाउने सम्भावना असम्भव मानिएको छैन।

यदि कुनै चमत्कारिक अवस्थामा मेसीले पनि अन्तर्राष्ट्रिय फुटबललाई निरन्तरता दिए भने सन् २०३० को विश्वकपमा बाबु–छोरा एउटै प्रतियोगितामा अर्जेन्टिनाको जर्सी लगाएर मैदान उत्रिने ऐतिहासिक दृश्य पनि देख्न सकिने छ। यद्यपि‚ त्यो सम्भावना अहिले कल्पनामै सीमित छ।

थियागो अहिले अमेरिकास्थित इन्टर मियामीको युवा एकेडेमीमा नियमित प्रशिक्षण गरिरहेका छन्। उनले क्लबको यू–१४ टोलीबाट खेल्दै उपाधि पनि जितिसकेका छन्। त्यसैले अहिले उनका प्रत्येक खेल, प्रत्येक गोल र प्रदर्शनलाई अर्जेन्टिनी समर्थकहरूले विशेष चासोका साथ पछ्याइरहेका छन्।

जन्मका आधारमा थियागोसँग स्पेनबाट पनि अन्तर्राष्ट्रिय फुटबल खेल्ने अवसर रहने सम्भावना छ। तर‚ उनले आफ्नो लक्ष्य स्पष्ट पारिसकेका छन्।

विभिन्न अन्तर्वार्तामा थियागोले अवसर आए पनि आफ्नो सपना अर्जेन्टिनाको जर्सी लगाएर खेल्ने रहेको बताएका छन्। उनी आफ्ना पिताको पदचिह्न पछ्याउँदै अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न चाहन्छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

 स्पेनका दुई खेल अनुसन्धानको घेरामा

स्पेनका दुई खेल अनुसन्धानको घेरामा

ओटामेन्डीले लिए सन्न्यास

ओटामेन्डीले लिए सन्न्यास

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

 स्पेनका दुई खेल अनुसन्धानको घेरामा

स्पेनका दुई खेल अनुसन्धानको घेरामा

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

जित्नैपर्ने दबाबमा नेपाल

जित्नैपर्ने दबाबमा नेपाल

ओटामेन्डीले लिए सन्न्यास

ओटामेन्डीले लिए सन्न्यास

नेपालको लगातार हार

नेपालको लगातार हार

विश्वकपमा म्याच फिक्सिङ भएन !

विश्वकपमा म्याच फिक्सिङ भएन !

नेपाल कठिन समूहमा

नेपाल कठिन समूहमा