शुक्रबार, ०८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओटामेन्डीले लिए सन्न्यास

बिहिबार, ०७ श्रावण २०८३खेलपाटी संवाददाता
ओटामेन्डीले लिए सन्न्यास
Loading ad...
mustang rice ad

काठमाडौं। अर्जेन्टिनाका अनुभवी डिफेन्डर निकोलस ओटामेन्डीले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।

यससँगै १७ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको अन्त्य भएको छ। उनले अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप र दुई पटक कोपा अमेरिका जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

३८ वर्षीय सेन्टर–ब्याक ओटामेन्डीले अर्जेन्टिनाका लागि कुल १३९ अन्तर्राष्ट्रिय खेल खेले। उनी यस वर्ष आयोजित विश्वकपमा पनि टोलीका सदस्य थिए, जहाँ उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको अर्जेन्टिना फाइनलमा स्पेनसँग १–० ले पराजित भएको थियो।

सन्न्यास घोषणा गर्दै ओटामेन्डीले इन्स्टाग्राममा भावुक सन्देश लेखेका छन्। ‘आज मैले आफ्नो करिअरकै सबैभन्दा कठिन शब्दहरू लेख्नुपरेको छ। संयोगवश मेरो अन्तिम अन्तर्राष्ट्रिय खेल विश्वकपको फाइनल बन्यो। नतिजा हाम्रो पक्षमा आएन, तर टोलीले अन्तिम क्षणसम्म पूरा समर्पणका साथ संघर्ष गरेकोमा मलाई गर्व छ‚’ उनले भनेका छन्।

उनले थपे,‘विश्व च्याम्पियन बन्ने सपना पूरा गर्ने अवसर दिएकोमा अर्जेन्टिनालाई हृदयदेखि धन्यवाद।’ हालै ओटामेन्डी युरोपमा १६ वर्ष सफल यात्रा पूरा गरेपछि अर्जेन्टिनाको प्रतिष्ठित क्लब रिभर प्लेटमा आबद्ध भएका छन्। युरोपमा रहँदा उनले पोर्टो, भ्यालेन्सिया, म्यानचेस्टर सिटी र बेन्फिकाबाट व्यावसायिक फुटबल खेलेका थिए।

ओटामेन्डीले आफ्नो अन्तर्राष्ट्रिय करियरमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्दै चार संस्करणको फिफा विश्वकप खेलेका छन्। उनको सन्न्याससँगै अर्जेन्टिनी फुटबलले आफ्नो सफल पुस्ताका एक महत्त्वपूर्ण र अनुभवी रक्षकलाई बिदाइ गरेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपमा म्याच फिक्सिङ भएन !

विश्वकपमा म्याच फिक्सिङ भएन !

पुन : फाइनल खेलाउनुपर्ने मागसहित अर्जेन्टिनाका समर्थक हस्ताक्षर अभियानमा

पुन : फाइनल खेलाउनुपर्ने मागसहित अर्जेन्टिनाका समर्थक हस्ताक्षर अभियानमा

विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका तीन खेलाडी

विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका तीन खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओटामेन्डीले लिए सन्न्यास

ओटामेन्डीले लिए सन्न्यास

नेपालको लगातार हार

नेपालको लगातार हार

विश्वकपमा म्याच फिक्सिङ भएन !

विश्वकपमा म्याच फिक्सिङ भएन !

नेपाल कठिन समूहमा

नेपाल कठिन समूहमा

पुन : फाइनल खेलाउनुपर्ने मागसहित अर्जेन्टिनाका समर्थक हस्ताक्षर अभियानमा

पुन : फाइनल खेलाउनुपर्ने मागसहित अर्जेन्टिनाका समर्थक हस्ताक्षर अभियानमा

नेपालको टिममा एक परिवर्तन

नेपालको टिममा एक परिवर्तन

 २०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

२०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार