नेपाल कठिन समूहमा
बिहिबार, ०७ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको समूह चरणमा आयोजक जापान र इन्डोनेसियासँग खेल्ने भएको छ।
लगातार दोस्रो पटक एसियन गेम्स खेल्न लागेको नेपाल समूह ‘ए’ मा परेको हो। यो समूहमा एसियाली महाशक्ति जापान र इन्डोनेसिया छन्।
विश्व वरियताको आधारमा एसियाका शीर्ष १६ टोलीभित्र रहँदै नेपालले प्रतियोगितामा स्थान सुरक्षित गरेको हो। हाल नेपाल विश्व वरियतामा ६८औं स्थानमा छ। जापान छैटौं र इन्डोनेसिया ६०औं स्थानमा छन्।













