शनिबार, ०२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

ब्राजिललाई हराउने कल्पनासमेत नगरेका हालान्ड

सोमबार, २२ असार २०८३खेलपाटी संवाददाता
ब्राजिललाई हराउने कल्पनासमेत नगरेका हालान्ड
Loading ad...
mustang rice ad

स्टार फरवार्ड एर्लिङ हालान्डले सधैं नर्वेका लागि विश्वकप खेल्ने सपना देखेका थिए। तर‚ त्यो सपना पूरा हुन करिब २५ वर्ष लाग्यो।

समूह चरणमा फ्रान्ससँग मात्र पराजित हुँदै अन्तिम ३२ मा पुगेको नर्वेले आइभरी कोस्टलाई २–१ ले हराउँदै प्रि–क्वार्टरफाइनलमा स्थान बनायो।

तर, पाँच पटकको विश्वविजेता ब्राजिलसँगको भेटअघि हालान्डलाई पनि नर्वेको विश्वकप यात्रा त्यहीँ टुंगिने लागेको थियो।

download - 2026-07-06T130721.328

खेलअघि उनले भनेका थिए,‘अहिले सम्पूर्ण नर्वे राष्ट्रिय टोलीको सफलताले देश उत्साहित छ। समर्थकहरूको साथले हामीलाई थप ऊर्जा दिएको छ। तर, अगाडि बढ्ने हाम्रो सम्भावना निकै कम छ।’

यद्यपि, सोमबार भएको खेलमा उनै हालान्डले दुई गोल गर्दै नर्वेलाई ब्राजिलमाथि २–१ को सनसनीपूर्ण जित दिलाए। खेलपछि उनले क्वार्टरफाइनलमा पुग्न सफल भएकोमा आफू नै आश्चर्यचकित भएको बताए।

मिडियासँग कुरा गर्दै हालान्डले फुटबलमा केही उपलब्धि असम्भवजस्तै लाग्ने भए पनि यस जितले आफ्नो सोच परिवर्तन गरिदिएको बताए।

download - 2026-07-06T130726.255

उनले भने,‘म अझै पनि यो विश्वास गर्न सकिरहेको छैन। जीवनमा कहिल्यै यस्तो हुनेछ भन्ने सोचेको थिइनँ। म सधैं नर्वेका लागि विश्वकप खेल्ने सपना देख्थें, तर ब्राजिललाई हराउन सकिन्छ भन्ने कल्पना पनि गरेको थिइनँ। साँच्चै भन्नुपर्दा, केही कुरा असम्भव लाग्थ्यो। तर अहिले महसुस भइरहेको छ कि म गलत रहेछु।’

सोमबारको जितसँगै नर्वेले ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो। यसअघि विश्वकपमा नर्वेको सर्वश्रेष्ठ उपलब्धि सन् १९९८ को फ्रान्स विश्वकपमा अन्तिम १६ सम्म पुग्नु थियो।

download - 2026-07-06T130735.646

हालान्डले टोलीको प्रदर्शनको पनि प्रशंसा गरे। उनले भने,‘हामीले आफ्नो खेल शैलीअनुसार बलको उत्कृष्ट उपयोग गर्न सफल भयौं। सबै खेलाडीले आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गरे। समग्रमा, एउटा राष्ट्रका रूपमा पनि हामी धेरै अघि बढेका छौं।’

अब नर्वेले जुलाई ११ मा हुने विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल अमेरिकाको मियामीमा नेपाली समयअनुसार राति २:४५ बजे सुरु हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

निर्विकल्प पेनाल्टी टेकर थिए ब्रुनो

निर्विकल्प पेनाल्टी टेकर थिए ब्रुनो

ब्राजिललाई २४ वर्षदेखिको अभिशाप

ब्राजिललाई २४ वर्षदेखिको अभिशाप

ब्राजिल भर्सेस नर्वे : दुई उत्कृष्ट स्ट्राइकरबीचको भिडन्त

ब्राजिल भर्सेस नर्वे : दुई उत्कृष्ट स्ट्राइकरबीचको भिडन्त

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

सुपर ओभरमा नेपालको हार

सुपर ओभरमा नेपालको हार

उसुको एसियाड तयारी चीनमा हुने

उसुको एसियाड तयारी चीनमा हुने

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने