रियलमा माउरिन्होको विजयी सुरुआत

काठमाडौं। जोसे माउरिन्होले रियल मड्रिडमा दोस्रो कार्यकाल विजयी सुरुआत भएको छ। शनिबार भएको खेलमा रियलले एस्पान्योललाई २–१ गोलले पराजित गरेको हो।
रियलका लागि २१ वर्षीय कार्लोस एस्पीले डेब्यु खेलमै निर्णायक गोल गरे। ७९औं मिनेटमा मैदान प्रवेश गरेका एस्पीले ९०औं मिनेटमा गोल गर्दै टोलीलाई महतत्त्वपूर्ण जित दिलाए।
उनले किलियन एमबाप्पेबाट बल खोसिएपछि आएको अवसरलाई सदुपयोग गर्दै एस्पान्योलका गोलरक्षक मार्को दिमित्रोभिचलाई छक्याए। रिपोर्टअनुसार रियलले लेभान्तेबाट एस्पीलाई २५ मिलियन युरोमा अनुबन्ध गरेको हो।
-1787445606384.webp)
रियलले खेलको नवौं मिनेटमै जुड बेलिङ्घमको हेडरमार्फत अग्रता लिएको थियो। तर, एस्पान्योलका एलेक्स कालात्राभाले ३०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफको सुरुआततिर बेलिङ्घमले पुनः हेडरमार्फत गोल गर्ने प्रयास गरे पनि दिमित्रोभिचले उत्कृष्ट बचाउ गर्दै बललाई क्रसबारमा लाग्न दिए।
माउरिन्हो यसै वर्ष जुनमा रियलको प्रशिक्षकमा नियुक्ति भएका थिए। जुलाईदेखि उनले औपचारिक रूपमा टोलीको जिम्मेवारी सम्हालेका हुन्। उनी सन् २०१० देखि २०१३ सम्म पनि रियलको प्रशिक्षक थिए।
पहिलो कार्यकालमा उनले स्पेनिस ला लिगा र कोपा डेल रे उपाधि जिताएका थिए। करिब १३ वर्षपछि उनी फेरि रियलको नेतृत्वमा फर्किएका हुन्।





-1787446454488.webp&w=3840&q=75)
-1787406623559.webp&w=3840&q=75)



-1787414009919.jpeg&w=3840&q=75)


