कोभेन्ट्री सिटीमाथि आर्सनलको दबदबा

काठमाडौं। साबिक विजेता आर्सनलले प्रिमियर लिग सिजनको सानदार सुरुआत गरेको छ। शुक्रबार भएको खेलमा आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीलाई ३–० ले पराजित गरेको हो।
२२ वर्षपछि प्रिमियर लिगको उपाधि जितेको आर्सनलले यस सिजन पनि उपाधिको मुख्य दाबेदार हो। सुरुदेखि अन्त्यसम्म खेलमा पूर्ण नियन्त्रण राखेको आर्सनलले कोभेन्ट्रीलाई कुनै प्रभाव जमाउने अवसर दिएन।
आर्सनलका काइ हाभर्ट्ज, बुकायो साका र कप्तान मार्टिन ओडेगार्डले गोल गरे। आर्सनलले थप गोल गर्ने केही राम्रा अवसर भने गुमाएको थियो।
नयाँ खेलाडी क्रिस्टोस जोलिसले आर्सनलको जितमा महत्त्वपूर्ण भूमिका खेले। सुरुआती टोलीमा परेका एकमात्र नयाँ अनुबन्धित खेलाडी जोलिसले पहिलो दुई गोलमा सहयोग गरे।
१५औं मिनेटमा जोलिसले विपक्षीबाट बल खोसेर रिकार्डो कालाफियोरीलाई पास दिए। कालाफियोरीले हाभर्ट्जका लागि बल मिलाइदिएपछि उनले सहजै गोल गरे।
त्यसको आठ मिनेटपछि जोलिसले बायाँतर्फबाट क्रस गरे। कोभेन्ट्रीका गोलरक्षक कार्ल रसवर्थले बल नियन्त्रणमा लिन नसक्दा बल बुकायो साकाको अगाडि पुगेको थियो। साकाले खाली पोस्टमा गोल गर्दै आर्सनलको अग्रता २–० बनाए।
आर्सनलका कप्तान ओडेगार्डले जोलिसको प्रदर्शनको प्रशंसा गर्दै उनले उत्कृष्ट खेल खेलेको बताए। उनका अनुसार जोलिस निकै सक्रिय र विपक्षीका लागि रोक्न कठिन खेलाडी हुन्।
दोस्रो हाफ सुरु भएको केही समयमै ओडेगार्डले आर्सनलका लागि तेस्रो गोल गरे। उनको प्रहारमा बलले दिशा परिवर्तन गर्दै गोलरक्षक रसवर्थको पहुँचभन्दा बाहिर पुग्यो। गोलपछि ओडेगार्डले केही क्षमायाचना गरेजस्तो संकेत गरेका थिए।
कोभेन्ट्रीले खेलभर आर्सनलको गोलपोस्टमा खासै खतरा सिर्जना गर्न सकेन। ४२औं मिनेटमा लुम ट्चाउनाले लामो दूरीबाट गरेको बाइसाइकल किक गोलपोस्टभन्दा केही माथिबाट बाहिरियो। कोभेन्ट्रीको खेलमा एकमात्र लक्ष्यमा रहेको प्रहार ८६औं मिनेटमा आएको थियो। तर‚ ज्याक रुडोनीको कमजोर हेडर आर्सनलका गोलरक्षक डेभिड रयाले सहजै नियन्त्रणमा लिए।
यससँगै २५ वर्षपछि प्रिमियर लिगमा फर्किएको कोभेन्ट्रीका लागि भने पहिलो खेलमै निराशाजनक नतिजा हात पार्यो। गत सिजन दोस्रो श्रेणीको च्याम्पियनसिप फराकिलो अन्तरले जितेको कोभेन्ट्री आर्सनलविरुद्ध भने निकै कमजोर देखियो।













-1787319995169.jpeg&w=3840&q=75)
-1787313945913.jpeg&w=3840&q=75)