यमललाई भित्र्याउन चाहँदैन रियल

काठमाडौं। लामिन यमलको प्रतिभाको प्रशंसा गर्नेहरूको कमी छैन। कम उमेरमै उनी विश्व फुटबलका सबैभन्दा चर्चित युवा खेलाडीमध्ये एक बनिसकेका छन्।
बार्सिलोनाका यी विंगरको खेल कौशलको विपक्षी समर्थकहरूले समेत खुलेर प्रशंसा गर्ने गरेका छन्। तर‚ उनलाई आफ्नो टोलीमा भित्र्याउने कुनै इच्छा नभएको रियल मड्रिडका प्रशिक्षक जोसे मोरिन्हो बताउँछन्।
-1787294166715.webp)
‘हामी उनीसँग सम्झौता गर्न जाने छैनौं। हाम्रो टोलीमा यसअघि नै उत्कृष्ट खेलाडीहरू छन्,’ उनी भन्छन्। मोरिन्होको यो भनाइ यमलप्रतिको अनादरभन्दा पनि आफ्नै टोलीका खेलाडीप्रतिको उनको विश्वासका रूपमा हेरिएको छ।
सानै उमेरमा बार्सिलोनाको आक्रमणपंक्तिको महत्त्वपूर्ण सदस्य बनेका यमलले पछिल्ला केही सिजनमा आफ्नो असाधारण प्रतिभा प्रमाणित गरिसकेका छन्।
उनको गति, ड्रिब्लिङ, सिर्जनात्मकता र गोल गर्ने क्षमताका कारण धेरैले उनलाई भविष्यका विश्वस्तरीय खेलाडीको सूचीमा राखेका छन्।

उनलाई बार्सिलोनाका पूर्वखेलाडी लिओनल मेसीको अर्को अवतार भन्ने पनि गरिन्छ। तर‚ रियलको ‘डगआउट’मा बसेका मोरिन्होको सोच भने फरक छ।
उनको विश्वासमा उच्च स्तरमा प्रतिस्पर्धा गर्न आवश्यक प्रतिभा आफ्नो टोलीमा पहिले नै पर्याप्त छ। त्यसैले चिरप्रतिद्वन्द्वी बार्सिलोनाका युवा स्टार यमललाई भित्र्याउनुपर्ने आवश्यकता उनले देखेका छैनन्।

टोलीका अर्का युवा खेलाडी यान दियोमान्देबारे पनि मोरिन्होले आफ्नो धारणा स्पष्ट पारे। उनलाई टोलीमा ल्याउन विशेष रुचि थियो कि थिएन भन्ने प्रश्नमा मोरिन्होले भने, ‘होइन, मैले उनलाई छुट्टै माग गरेको थिइनँ। तर‚ सबैजस्तै उनलाई टोलीमा भित्र्याउन चाहन्थें। उनी उत्कृष्ट फुटबलर हुन् र आक्रमणको दुवै किनारमा खेल्न सक्छन्।’
यसबाट मोरिन्हो कुनै एक खेलाडीलाई भित्र्याउन विशेष रूपमा लागिपर्नुभन्दा आफ्नो हातमा रहेको टोलीलाई नै अझ बलियो बनाउने रणनीतिमा केन्द्रित देखिन्छन्।
यमलजस्तो प्रतिभाको प्रशंसा गर्दै पनि उनलाई अनुबन्ध गर्ने इच्छा नरहेको मोरिन्होको भनाइले यही सन्देशलाई अझ स्पष्ट बनाएको छ।







-1787239351737.webp&w=3840&q=75)


-1787237075513.webp&w=3840&q=75)
-1787235818152.jpeg&w=3840&q=75)
