बिहिबार, ०४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

विमलासम्मिलित राजशाही एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

बिहिबार, ०४ भाद्र २०८३खेलपाटी संवाददाता
विमलासम्मिलित राजशाही  एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो
Loading ad...
mustang rice ad

काठमाडौं। बंगलादेशको पहिलो महिला क्लबका रूपमा एएफसी महिला च्याम्पियन्स लिग खेलेको राजशाही स्टार्स प्रतियोगिताबाट बाहिरिएको छ।

दोस्रो चरणमा पुग्ने लक्ष्यसहित मलेसिया गएको राजशाहीले लगातार दुई खेलमा हार बेहोरेपछि समूह चरणमै यात्रा टुंग्याएको हो।

बिहीबार राति क्वालालम्पुरमा भएको खेलमा नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर विमला विकसम्मिलित राजशाही मलेसियाको साबाह एफसीसँग २–१ गोलले पराजित भयो।

यसअघि राजशाहीले आफ्नो पहिलो खेलमा भारतको इस्ट बंगालसँग ३–० गोलको हार बेहोरेको थियो। त्यसैले दोस्रो खेलमा अफिदा खन्दकर र उनको टोलीका लागि अंक हासिल गर्नु अनिवार्य थियो।

साबाहविरुद्धको खेलको पहिलो हाफमा राजशाहीले घरेलु टोलीलाई राम्रो चुनौती दिएको थियो। दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि पहिलो हाफमा कुनै गोल हुन सकेन।

तर‚ दोस्रो हाफमा राजशाहीको प्रदर्शन कमजोर भयो। एक गोल खाएपछि रुप्ना चक्मासहित राजशाहीका खेलाडी केही दबाबमा देखिए। त्यसपछि साबाहले अर्को गोल थप्दै खेलमा आफ्नो पकड बलियो बनायो।

राजशाहीले ८३औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेलमा फर्किने प्रयास गर्‍यो। दायाँ छेउबाट गरिएको लामो दूरीको आकर्षक प्रहार गोलरक्षकको टाउकोमाथिबाट जाली चुमेको थियो। तर‚ त्यसपछि थप गोल गर्न नसक्दा राजशाही २–१ को हारबाट जोगिन सकेन।

उता समूहको अर्को खेलमा इस्ट बंगालले गुआमको क्लबलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको छ। पहिलो खेलमा राजशाहीलाई ३–० ले हराएको इस्ट बंगालले लगातार दोस्रो जितसँगै ६ अंक जोडेको छ।

समूह विजेता टोली अर्को चरणमा प्रवेश गर्नेछ। राजशाहीले अन्तिम खेलमा गुआमको क्लबलाई पराजित गरे पनि इस्ट बंगालको ६ अंक बराबर गर्न नसक्ने भएकाले प्रतियोगिताबाट बाहिरिने निश्चित भएको हो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रेखासम्मिलित फेनम पनि बाहिरियो

रेखासम्मिलित फेनम पनि बाहिरियो

बायर्नमै रमाइरहेका केन

बायर्नमै रमाइरहेका केन

अनन्त र एरिकसम्मिलित  फोर्टिज एएफसी च्यालेन्ज  लिगको कठिन समूह

अनन्त र एरिकसम्मिलित फोर्टिज एएफसी च्यालेन्ज लिगको कठिन समूह

Loading ad...
xTreme Energy Drink
रेखासम्मिलित फेनम पनि बाहिरियो

रेखासम्मिलित फेनम पनि बाहिरियो

विमलासम्मिलित राजशाही  एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

विमलासम्मिलित राजशाही एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

बायर्नमै रमाइरहेका केन

बायर्नमै रमाइरहेका केन

हाप्किडो टोली कोरिया प्रस्थान

हाप्किडो टोली कोरिया प्रस्थान

पब्जी मोबाइल राष्ट्रिय  प्रतियोगिता हुँदै

पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुँदै

अनन्त र एरिकसम्मिलित  फोर्टिज एएफसी च्यालेन्ज  लिगको कठिन समूह

अनन्त र एरिकसम्मिलित फोर्टिज एएफसी च्यालेन्ज लिगको कठिन समूह

देसाईले क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाडे

देसाईले क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाडे

 अल्भारेजको भविष्यबारे  एट्लेटिकोमा अन्योल

अल्भारेजको भविष्यबारे एट्लेटिकोमा अन्योल