बिहिबार, ०४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

अल्भारेजको भविष्यबारे एट्लेटिकोमा अन्योल

बिहिबार, ०४ भाद्र २०८३खेलपाटी संवाददाता
 अल्भारेजको भविष्यबारे  एट्लेटिकोमा अन्योल
Loading ad...
mustang rice ad

एट्लेटिको मड्रिडले नयाँ ला लिगा सिजनको पहिलो खेलमा मालागामाथि २–० को जित निकालेको छ। तर, टोलीको कमजोर आक्रामक प्रदर्शनले प्रशिक्षक डिएगो सिमियोनलाई चिन्तित बनाएको छ।

यस्तो अवस्थामा क्लबले स्टार फरवार्ड जुलियन अल्भारेजको भविष्यबारे छिटो निर्णय हुने अपेक्षा गरेको छ। मिडफिल्डर ली काङ–इनले बेन्चबाट मैदान प्रवेश गरेको १३ मिनेटमै डेब्यु गोल गरे।

उनले दायाँ विङबाट भित्रतर्फ काट्दै उत्कृष्ट प्रहारमार्फत बललाई गोलको माथिल्लो कुनामा पुर्‍याए। त्यसपछि एलेक्स बाएनाले सानदार फ्रिकिकमार्फत गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित गरे।

i

यद्यपि, यी दुई गोलबाहेक एट्लेटिकोको आक्रमण प्रभावहीन देखिएको थियो। अल्भारेजको भविष्यबारे क्लब र खेलाडीबीच देखिएको असमझदारीका कारण पनि उनको अनुपस्थितिले टोलीमा प्रभाव पारेको देखियो।

अर्जेन्टिनी फरवार्ड अल्भारेजले क्लब छाडेर बार्सिलोना जान चाहेको संकेत यसअघि नै दिएका छन्। हालैको विश्वकपका क्रममा उनले बार्सिलोनाबाट खेल्नु आफ्नो सपना पूरा हुने बताएका थिए। रोबर्ट लेवान्डोस्कीका लागि विकल्प खोजिरहेको बार्सिलोनाले अल्भारेजलाई उपयुक्त खेलाडीका रूपमा हेरेको छ।

तर‚ एट्लेटिको भने २६ वर्षीय अल्भारेजलाई क्लबमै राख्न चाहन्छ। मालागाविरुद्धको खेलअघि सिमियोनले विश्वकपपछि बिदाबाट फर्किएयता अल्भारेज अपेक्षित फिटनेस र स्तरमा नपुगेकाले उनलाई टोलीमा छनोट नगर्ने बताएका थिए।

i (1)

अल्भारेजको अनुपस्थितिको असर एट्लेटिकोको आक्रमणमा स्पष्ट देखियो। एन्टोनी ग्रिजम्यान मेजर लिग सकरतर्फ लागिसकेका छन् भने अलेक्जान्डर सोर्लोथ मांसपेशीको चोटका कारण बाहिर छन्। त्यसैले सामान्यतया विंगरका रूपमा खेल्ने एडेमोला लुकम्यानलाई सेन्ट्रल फरवार्डका रूपमा प्रयोग गरिएको थियो।

एट्लेटिकोले आइतबार भिल्लारियलको सामना गर्नेछ। क्लबले त्यस खेलमा अल्भारेजलाई मैदानमा उतार्न सक्ने आशा गरेको छ। तर‚ सेप्टेम्बर १ मा ट्रान्सफर विन्डो बन्द नहुन्जेल उनको सम्भावित स्थानान्तरणको विषयले एट्लेटिकोलाई पछ्याइरहने देखिन्छ।

खेल सुरु हुनुअघि एट्लेटिकोका विश्वकप विजेता चार खेलाडी मार्कोस लोरेन्टे, मार्क पुबिल, एलेक्स बाएना र अलेजान्द्रो ग्रिमाल्डोलाई मैदानमा एक–एक गर्दै सम्मान गरिएको थियो। दर्शकहरूले उनीहरूलाई ठूलो तालीसहित स्वागत गरेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

Loading ad...
xTreme Energy Drink
देसाईले क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाडे

देसाईले क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाडे

 अल्भारेजको भविष्यबारे  एट्लेटिकोमा अन्योल

अल्भारेजको भविष्यबारे एट्लेटिकोमा अन्योल

मेसीको एक गोल र असिस्ट

मेसीको एक गोल र असिस्ट

एट्लेटिको विजयी सुरुआत

एट्लेटिको विजयी सुरुआत

बुबा बितेपछि मेसीको पहिलो गोल

बुबा बितेपछि मेसीको पहिलो गोल

एसियाड तयारीलाई टेनिस टोली भारत जाने

एसियाड तयारीलाई टेनिस टोली भारत जाने

अनिश्चित पोग्बा

अनिश्चित पोग्बा

 फिबा एसिया कप  प्रि–क्वालिफायर खेल्ने  टोली घोषणा

फिबा एसिया कप प्रि–क्वालिफायर खेल्ने टोली घोषणा