फिबा एसिया कप प्रि–क्वालिफायर खेल्ने टोली घोषणा
बुधबार, ०३ भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। दुबईमा आयोजना हुने फिबा एसिया कप प्रि–क्वालिफायर खेल्ने नेपाली टोली घोषणा भएको छ।
नेपाल बास्केटबल संघले १२ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीको कप्तानी सदीश प्रधानले गर्नेछन्। विनोद महर्जनले भने उपकप्तानको भूमिका पाएका छन्। टोलीमायी दुईबाहेक श्रेयसबहादुर शाह, निश्चल महर्जन, अजय कुशवाहा, आशीम श्रेष्ठ, सौरव श्रेष्ठ, सुदीप पौडेल क्षेत्री, कमल थापा, साइमन गुरुङ, पेमा शेर्पा र प्रणयमान श्रेष्ठ छन्।
यस्तै, मुख्य प्रशिक्षकमा सुशील गुरुङ र सहायक प्रशिक्षकमा आशीष न्यौपाने छन्।





-1786022688387.jpeg&w=3840&q=75)







