लालीगुराँस र मनास्लु सेमिफाइनलमा
-1786022688387.jpeg&w=3840&q=75)
काठमाडौं। लालीगुराँस नेसनल एकेडेमी र मनास्लु प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
लालीगुराँसले निम्सलाई ६६–५५ ले पराजित गर्योयो। लालीगुराँसको जितमा रोशन तामाङले १४ अंक योगदान गरे। सिद कार्कीको १५ अंक सहयोगमा मनास्लुले सगरमाथालाई ६१–४८ ले हरायो।
टोखाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा भइरहेको प्रतियोगिताको ब्वाइजमै सीसीआरसी र जेभियर पनि सेमिफाइनलमा पुगे। सीसीआरसीले गोल्डेन इन्टरनेसनल कलेजलाई ६०–३१ ले पाखा लगायो। सीसीआरसीका विसन खड्काले १९ अंक जोडे। जेभियरले हेराल्डलाई ५९–४६ ले पन्छायो। जेभियरका महेन्द्र प्याकुरेलले १९ स्कोर गरे।
सेमिफाइनलमा जेभियरको भेट लालीगुराँसंग हुनेछ भने सीसीआरसीले मनास्लुको सामना गर्ने छ। गल्र्सको सेमिफाइनल निम्स र जेभियर तथा एलआरआई र गोल्डेनगेटबीच हुनेछ।










-1786005627596.jpeg&w=3840&q=75)



