बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

बिहिबार, २१ श्रावण २०८३खेलपाटी संवाददाता
आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो
Loading ad...
mustang rice ad

काठमाडौं। युवा नेपाली फुटबलर आशीष राईको उपचारका लागि मलेसियास्थित एन पेनाङ एफसीको अग्रसरतामा सञ्चालन गरिएको अभियानबाट करिब १२ लाख रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको छ।

३ फागुन २०८१ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली यू–२३ टोली र युनान प्रान्तीय टोलीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको थियो। खेलको ३७औँ मिनेटमा युनानका खेलाडी मोरी मेडलेले गरेको ट्याकलका क्रममा आशीष गम्भीर घाइते भएका थिए। उनको बाँया खुट्टाको नली (टिबिया) तीन ठाउँमा भाँचिएको थियो र त्यसयता उनी निरन्तर उपचाररत छन्।

आशिषको उपचार खर्च जुटाउने उद्देश्यले मलेसियाको पेनाङमा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजमार्फत २१ हजार १४४ मलेसियन रिङ्गिट (करिब ७ लाख ८४ हजार १६१ रुपैयाँ) संकलन गरिएको थियो।

यस अभियानमा ऐक्यबद्धता जनाउँदै अष्ट्रेलियास्थित नेपबोर्न एफसीले थप ४ लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो। मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसीबीच प्रतिस्पर्धात्मक खेल भएका थिए। त्यसैगरी, भेटेरान्सतर्फ पनि विशेष मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो। एन पेनाङ एफसी भेटेरान्स र झापा भेटेरान्सबीच सम्पन्न उक्त खेलबाट संकलित सम्पूर्ण रकम आशिषको उपचार कोषमा जम्मा गरिएको आयोजकले जनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी