नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने
बिहिबार, २१ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले न्युजिल्यान्ड ‘ए’ टोलीसँग ५० ओभरको अभ्यास खेल खेल्ने भएको छ।
दुवै टोलीबीचको खेल आगामी ६ सेप्टेम्बरमा अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा हुनेछ।
नेपालले २१ देखि २९ अगस्टसम्म अस्ट्रेलियामा आयोजना हुने टप इन्ड टी–२० प्रतियोगितामा सहभागिता जनाउने छ। त्यसपछि न्युजिल्यान्ड ‘ए’सँग एकदिवसीय अभ्यास खेल खेल्न लागेको हो।
यसैबीच, न्युजिल्यान्ड ‘ए’ टोलीको घोषणा गरिएको छ। टोलीमा मुहम्मद अब्बास, आदि अशोक, म्याट बोयल, म्याक्स चु, कटेने क्लार्क, क्रिस्टियन क्लार्क, जोश क्लार्कसन, म्याट फिसर, डिन फक्सक्रफ्ट, ज्याक गिब्सन, मिच हे, बेभोन ज्याकब्स, जेडन लेनोक्स, बेन लिस्टर, राइस मारिउ र टिम रोबिन्सन रहेका छन्।
नेपालका लागि यो अभ्यास खेल आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।





-1786005627596.jpeg&w=3840&q=75)







