बुधबार, ०३ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अनिश्चित पोग्बा

बुधबार, ०३ भाद्र २०८३खेलपाटी संवाददाता
अनिश्चित पोग्बा
Loading ad...
mustang rice ad

काठमाडौं। फ्रान्सका पूर्वस्टार मिडफिल्डर पाउल पोग्बासँग मोनाकोले सम्झौता समाप्त गरेको छ।

लगातार चोटका समस्याका कारण पोग्बाको मोनाको बसाइ अपेक्षाअनुसार सफल हुन नसकेपछि क्लब र उनीबीच आपसी सहमतिमा सम्झौता तोडिएको हो।

३३ वर्षीय पोग्बाले मोनाकोप्रति आभार व्यक्त गर्दै भनेका छन्,‘मोनाको एउटा असाधारण क्लब हो। मैले आशा गरेजति धेरै खेल खेल्न नपाए पनि यहाँ पाएको अवसरका लागि म सधैं आभारी रहनेछु।’

पोग्बाले गत वर्ष मोनाकोसँग दुई वर्षको सम्झौता गरेका थिए। चोट र डोपिङ प्रतिबन्धका कारण प्रभावित आफ्नो करिअरलाई पुनः लयमा फर्काउने उद्देश्यले उनले फ्रान्सेली क्लब रोजेका थिए।

तर‚ चोटको समस्याले उनलाई फेरि सतायो। गत सिजन उनले केही खेलमा मात्र वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गर्ने अवसर पाए। मोनाकोले नयाँ सिजनको पहिलो खेलअघि नै पोग्बासँगको सम्झौता समाप्त गर्ने निर्णय गरेको जनाएको छ।

क्लबका अनुसार सुरुमा तय गरिएका लक्ष्यहरू पूर्ण रूपमा हासिल हुन नसकेपछि दुवै पक्षले सन् २०२७ जुनसम्म कायम रहने सम्झौता समयअघि नै अन्त्य गर्ने सहमति गरेका हुन्।

प्रि–सिजनका खेलहरूमा पनि पोग्बा पूर्ण रूपमा फिट हुन संघर्ष गरिरहेका थिए। त्यसमाथि पछिल्लो समय उनलाई फेरि चोट लागेको थियो। गत सिजन मोनाको फ्रेन्च लिग वानमा सातौं स्थानमा रहेको थियो।

पोग्बा आफ्नो उत्कृष्ट समयमा विश्वकै चर्चित मिडफिल्डरमध्ये एक थिए। सन् २०१८ को विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ ले हराउँदा उनले गोलसमेत गरेका थिए। फ्रान्सका लागि ९१ खेल खेलेका पोग्बाले ११ गोल गरेका छन्।

सन् २०१६ मा उनी तत्कालीन समयका सबैभन्दा महँगा फुटबलर बनेका थिए। युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेड फर्किँदा उनको स्थानान्तरण शुल्क १०५ मिलियन युरो रहेको थियो।

तर‚ त्यसपछि चोट र अन्य समस्याले उनको करिअरमा ठूलो प्रभाव पार्‍यो। सन् २०२४ को फेब्रुअरीमा युभेन्ट्समा रहँदा ‘टेस्टोस्टेरोन’को परीक्षण पोजेटिभ आएपछि इटालीको एन्टी–डोपिङ अदालतले उनलाई सुरुमा चार वर्षको प्रतिबन्ध सुनाएको थियो।

पछि अक्टोबर २०२४ मा कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (कास) ले उक्त प्रतिबन्ध घटाएर १८ महिनामा झारेको थियो। प्रतिबन्ध पूरा गरेपछि पुनरागमनको प्रयास गरेका पोग्बाले मोनाकोमा पनि चोटका कारण अपेक्षित निरन्तरता कायम गर्न सकेनन्।

अब उनको करिअरको अर्को गन्तव्य कहाँ हुनेछ भन्ने विषयमा चासो बढेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मार्टिनेजको  भविष्य अन्यौलमा

मार्टिनेजको भविष्य अन्यौलमा

सुजुकीले अब भिल्लाबाट खेल्ने

सुजुकीले अब भिल्लाबाट खेल्ने

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक  ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’

Loading ad...
xTreme Energy Drink
एसियाड तयारीलाई टेनिस टोली भारत जाने

एसियाड तयारीलाई टेनिस टोली भारत जाने

अनिश्चित पोग्बा

अनिश्चित पोग्बा

 फिबा एसिया कप  प्रि–क्वालिफायर खेल्ने  टोली घोषणा

फिबा एसिया कप प्रि–क्वालिफायर खेल्ने टोली घोषणा

मार्टिनेजको  भविष्य अन्यौलमा

मार्टिनेजको भविष्य अन्यौलमा

सुजुकीले अब भिल्लाबाट खेल्ने

सुजुकीले अब भिल्लाबाट खेल्ने

बागमती अटो जिमखाना प्रिक्स अगस्ट २९ मा

बागमती अटो जिमखाना प्रिक्स अगस्ट २९ मा

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक  ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक  ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’