बुधबार, ०३ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुजुकीले अब भिल्लाबाट खेल्ने

बुधबार, ०३ भाद्र २०८३खेलपाटी संवाददाता
सुजुकीले अब भिल्लाबाट खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले बुधबार जापानका गोलरक्षक जियोन सुजुकीलाई अनुबन्ध गरेको छ।

योसँगै अर्जेन्टिनाका विश्वकप विजेता गोलरक्षक एमिलियानो मार्टिनेजको भिल्लामा भविष्यलाई लिएर थप प्रश्न उठेको छ। २३ वर्षीय सुजुकीलाई भिल्लाले इटालियन क्लब पार्माबाट करिब ३५ मिलियन युरो (४० मिलियन अमेरिकी डलर) सम्मको सम्झौतामा भित्र्याएको बताइएको छ।

यसै समरमा भएको विश्वकपमा जापानको गोलपोस्ट सम्हालेका सुजुकीले ब्राजिलका स्टार भिनिसियस जुनियरको शक्तिशाली प्रहारलाई पोस्टमा लाग्ने गरी बचाएका थिए। उक्त बचाउका कारण पनि उनी चर्चामा आएका थिए।

अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका मार्टिनेज पछिल्ला ६ वर्षदेखि एस्टन भिल्लाका पहिलो रोजाइका गोलरक्षक हुन्। तर पछिल्ला दुई सिजनयता उनी क्लब छाड्ने चर्चामा रहँदै आएका छन्।

पछिल्लो समय इटालियन क्लब युभेन्ट्सले समेत मार्टिनेजलाई अनुबन्ध गर्ने प्रयास गरेको बताइएको थियो। अझ गत साता पेरिस सेन्ट–जर्मेन (पीएसजी)विरुद्ध भएको यूईएफए सुपर कपमा भिल्ला पराजित हुँदा मार्टिनेज टोलीमा सहभागी थिएनन्।

अमेरिकाको न्यु जर्सीमा जन्मिएका सुजुकीले आफ्नो बाल्यकाल जापानको उरावामा बिताएका हुन्। सन् २०२३ मा उनी बेल्जियमको सिन्ट–ट्रुइडेनमा आबद्ध हुँदै युरोपेली फुटबलमा प्रवेश गरेका थिए। त्यसको एक वर्षपछि उनी इटालियन क्लब पार्मामा पुगेका थिए।

अब भिल्लामा उनको आगमनले गोलरक्षकको भूमिकामा प्रतिस्पर्धा थप बढाउने भएको छ। सुजुकीलाई दीर्घकालीन योजनाका रूपमा भित्र्याइएको हो भने मार्टिनेजको भविष्यबारे क्लबले आगामी दिनमा महत्त्वपूर्ण निर्णय लिनुपर्ने हुन सक्छ।

गत सिजन भिल्लाले युरोपा लिग जित्नुका साथै प्रिमियर लिगमा चौथो स्थान हासिल गरेको थियो। त्यससँगै टोलीले आगामी सिजन च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछ। यस्तो अवस्थामा गोलरक्षकको स्थानमा सुजुकी र मार्टिनेजमध्ये कसले नियमित अवसर पाउने भन्ने विषय पनि चासोको केन्द्रमा रहनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक  ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक  ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’

मुसियाला मैदानमै ढल्न थाले

मुसियाला मैदानमै ढल्न थाले

Loading ad...
xTreme Energy Drink
सुजुकीले अब भिल्लाबाट खेल्ने

सुजुकीले अब भिल्लाबाट खेल्ने

बागमती अटो जिमखाना प्रिक्स अगस्ट २९ मा

बागमती अटो जिमखाना प्रिक्स अगस्ट २९ मा

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक  ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक  ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’

मुसियाला मैदानमै ढल्न थाले

मुसियाला मैदानमै ढल्न थाले

ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

एसियाड खेलाडीलाई प्रोत्साहन

एसियाड खेलाडीलाई प्रोत्साहन