ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल
मंगलबार, ०२ भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर रश्मीकुमारी घिसिङको दुई गोलसँगै ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले भुटानी राष्ट्रिय महिला लिगमा एकपक्षीय जित हासिल गरेको छ।
चाङ्लिमिथाङ रंगशालामा मंगलबार सम्पन्न आफ्नो चौथो खेलमा ट्रान्सपोर्टले गेलेफु गर्ल्स युनाइटेडलाई ६–० ले पराजित गरेको हो।
ट्रान्सपोर्टको जितमा अनिता केसी र मीना देउवा, दीपा शाही र टासी वाङ्मोले समान एक गोल थपे। यसअघि












