बार्सिलोना फर्किए बुस्केट्स

काठमाडौं। सर्जियो बुस्केट्स फेरि बार्सिलोनामा फर्किएका छन्।
तर‚ यसपटक उनी खेलाडीका रूपमा होइन। क्लबको रिजर्भ टोली बार्सा एट्लेटिकका सहायक प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हाल्न उनी बार्सिलोना फर्किएका हुन्। ३८ वर्षीय पूर्व मिडफिल्डर मुख्य प्रशिक्षक जुलियानो बेलेट्टीको प्रशिक्षण टोलीमा आबद्ध भएका हुन्।
हाल बुस्केट्स आफ्नो प्रशिक्षक प्रशिक्षणको ब्याज पूरा गर्ने प्रक्रियामा छन्। सोही क्रममा उनले व्यावहारिक अनुभव हासिल गर्नुका साथै युवा खेलाडीहरूलाई आफ्नो लामो खेलजीवनबाट सिकेका अनुभव, सीप र रणनीति हस्तान्तरण गर्ने अवसर पाउनेछन्।
बुस्केट्सले सन् २०२३ मा बार्सिलोना छाडेपछि अमेरिकी क्लब इन्टर मियामीबाट डेढ सिजन खेलेका थिए। त्यसपछि गत डिसेम्बरमा व्यावसायिक फुटबलबाट सन्न्यास लिएसँगै उनी बार्सिलोनामा फर्किन सक्ने चर्चा चल्दै आएको थियो।
अन्ततः ती चर्चाले मूर्त रूप लिएको छ।












-1786962886448.jpeg&w=3840&q=75)