पारोको सानदार जित
सोमबार, ०१ भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली मिडिल्डरद्वय सरु लिम्बू र रेनुका नगरकोटेसम्मिलित पारो एफसी वुमनले भुटान महिला राष्ट्रिय लिगमा फराकिलो जित निकालेको छ।
सोमबार सम्पन्न खेलमा पारोले उगेन एकेडेमी एफसीलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको हो।
सरुले १७औं मिनेटमा गोल गर्दै खाता खोलेकी थिइन्। त्यसपछि वुदाय कोलीले २१औं र ४७औं, रेनुका नगरकोटेले २३औं मिनेटमा तथा चेङ्गा लामले ३४औं मिनेटमा गोल गरिन्।
हलिमा दाहाबाले ५५औं र ६२औं मिनेटमा थप दुई गोल गरेपछि पारोले ९–० को सानदार जित हात पारेको हो।










-1786962886448.jpeg&w=3840&q=75)
-1786939843966.webp&w=3840&q=75)
